अलग धारको दल माथि प्रतिबन्ध गलत कदम

Avatar photo
Dhadingpost
बिहिबार, फाल्गुन ३०, २०७५

Yubaraj Chaulagain
अलग धारको दल माथिको प्रतिबन्ध अहिलेको नेपालका लागि गलत कदम हो ।

यसको सीधा नकारात्मक असर संविधान कार्यान्वयन र राज्यका निर्धारित लक्ष्य प्राप्तिमा पर्न जान्छ। मुलुकको अन्तर्राष्ट्रिय छविमा यसको गंभीर नकारात्मक असर पर्छ ।

राजनीतिक पहलकदमी सहित नियमित कानुनहरुको उच्चतम् प्रयोग गरेर समस्याको समाधान गर्न सकिने अबस्था हुंदा हुँदै प्रतिबन्धको तहमा जान केले प्रेरित गर्यो ? पार्टी कमिटी र संसदीय दल भित्र उचित बहस र निर्णय बिना किन यस्तो कठोर र गह्रुंगो भारी पार्टी नेता,कार्यकर्ता र शुभेच्छुकहरुलाइ बोकाइयो ? संसार भरी नेकपाको एकताले सकारात्मक सन्देश दिइरहेको बेलमा एकता नै नटुंगिइ नेपालमा उस्तै नाम गरेको अर्को पार्टीबारे प्रचार किन शुरु भयो ?

लगानी सम्मेलनको मुखैमा देशमा असामान्य वाताबरण रहेको सन्देश कसको हितका लागि प्रसार भयो ? सिके राउत र बिप्लब बारे दोहोरो मापदण्ड किन अपनाइयो ? बिप्लवका बिचार र गतिबिधीहरुले मुलुकको हित र जनताको सेवा गर्न सक्दैनन् तर उसलाइ मुलधारमा ल्याएर राष्ट्रको अबिच्छिन्न नेतृत्व गर्नु पर्ने ने क पा ले शुरुबाटै यस सम्बन्धी सहि समझदारी, विधि र कार्यशैली तय गर्नु पर्नेमा त्यसो हुन नसक्नु दु:खद छ ।

नेकपा को तत्काल केन्द्रीय समिति बैठक बोलाइयोस र राजनैतिक बिश्लेषणमा एकरुपताका अाधारमा सरकारले दल प्रतिबन्ध सम्बन्धी निर्णयमा के स को निर्णयको पालना गरोस ।