राष्ट्रपति ज्यू

Avatar photo
Dhadingpost
आइतवार, मंसिर ९, २०७५

Kumar Kattel
महामहिम राष्ट्रपति ज्यू,
म नेपाल र नेपालीलाई माया गर्ने एक नेपाली हुँ ।
आज १८ करोडको गाडी किन्ने विषयले हजुरको जताततै विरोध भैरहँदा मलाई हजुरको लागी एउटा पत्र लेख्न मन लाग्यो ।
जुन देशका नागरिकहरु औषधी उपचारको अभावमा मरिरहेका छन्, पोषणयुक्त खाना खान नपाएर हजारौ बालबालिका कुपोषणको शिकार भएका छन् । त्यो देशको राष्ट्रप्रमुखको हैसियतले हजुरलाई कसरी १८ करोडको गाडी चढ्न मन लागेको होला ? सोध्न चाहन्छु ।
समृद्द देशका राष्ट्र प्रमुखहरु पैदल हिडेर कार्यालय गएको, साईकल चडेर हिडेको त हजुरले पनि समाचारमा त सुन्नु नै भएको होला ।

राष्ट्रपति ज्यू,
आज नेपालकी छोरी शृङ्खला खतिवडा विश्व सुन्दरी प्रतियोगिताको मन्चमा नेपालको शान बढाउदै छिन्, विश्वमा नेपाल चिनाउदै छिन् ।
बलात्कार पछि निर्मम हत्या गरिएकी स्व. निर्मला पन्तका बुवा यो देशमा न्यायको भिख माग्दा माग्दै मानसिक सन्तुलन गुमाउन पुगेका छन् ।
हजुर यी दुई छोरिहरुको विषयबारे पक्कै पनि जानकार नै हुनु हुन्छ होला ?
हजुर त नेपालको राष्ट्र प्रमुख अनि सम्पुर्ण नेपाली नारीहरुको आमा समान हुनुहुन्छ ।
तपाईकी छोरी निर्मला पन्तको निर्मम हत्या गर्ने हत्यारा पक्रन र उसको परिवारलाई न्याय दिलाउन एउटी आमाको नाताले तपाईले पहलकदमी लिनु पर्ने हैन र ?
दिनदिनै तपाईका छोरीहरु बलात्कार भैरहदा कुन खुशीयालिमा १८ करोडको गाडी चढ्न मन लागिरा छ राष्ट्रपति ज्यू, ?
तपाईकी छोरी शृङ्खला खतिवडालाई विश्व सुन्दरीको ताज पहिराउन विश्वभरिका नेपालीहरु लागिरहदा तपाईको चै के गरिरहनु भएको छ राष्ट्रपति ज्यू ?

त्यसैले अहिले १८ करोडको गाडी चढ्नुको साटो स्व. निर्मला पन्तको परिवारलाई न्याय दिलाउन र विश्वसुन्दरीमा शृङ्खला खतिवडालाई जिताउन तपाई लाग्नु भयो भने सबैभन्दा ठुलो जित तपाईको हुनेछ राष्ट्रपति ज्यू ।
बरु त्यो १८ करोडले स्व. निर्मला पन्त र शृङ्खला खतिवडाको नाममा ११ वटा विधालय बनाईदिनु भयो भने पढ्न नपाएका तपाईका धेरै छोराछोरिले पढ्न पाउछन् ।
त्यो खुशी तपाईले अरबौ रुपैयाँमा पनि किन्न सक्नुहुन्न राष्ट्रपति ज्यू।
महान् त त्यो हुन्छ, जो आफ्नो लागी हैन अरुको लागी बाँच्छ ।
तपाई सङ पनि यो अवसर छ खेर नफाल्नु होला ।
उही नेपाल र नेपालीलाई माया गर्ने तपाईको छोरो कुमार कट्टेल ।