डा. केसी ब्यथितिविरुद्ध लडिरहेका छन्

Avatar photo
Dhadingpost
मङ्लबार, असार २६, २०७५

Narendra Kc
डा. केसी चिकित्सा शिक्षामा देखिएको ब्यथितिविरुद्ध लडिरहेका छन् । यो सरकारविरुद्ध होइन, प्रणालीविरुद्धको लडाइँ हो ।

यो आन्दोलन पहिलो र अन्तिम दुबै होइन । सकिन्छ माग सम्बोधन गरौं, सकिदैन मनन् गरौं । सरकारका समर्थकले यो आन्दोलनलाई सरकारविरोधी आन्दोलनको रुपमा अथ्र्याउने र बिरोधीले सरकारको बिरोधमा प्रयोग गर्ने दुस्साहस नगरौं ।

डा. केसीले उठाएको भन्दा पनि अझ माथि उठेर चिकित्सा शिक्षामा सुधार ल्याउने, गरीबका छोराछोरी पनि डाक्टर बन्नसक्ने र आम नागरिकले सहज उपचार पाउने ब्यवस्थाका लागि जो जहाँ छौं, त्यहीबाट दबाब र्सिर्जना गरौं, हामी पक्ष बिपक्षमा बाँडिएर समस्या समाधान हुँदैन ।