सहकारीमा यस्तै हुन्छ की ?

Avatar photo
Dhadingpost
आइतवार, असार ३, २०७५

Radhika Sapkota
सहकारीलाई देशले अहिले अर्थतन्त्रको एउटा खम्बा मानेको छ तर खै मैले नबुझेको की के हो कसरी गरिब र नहुनेहरुका लागि सहकारी आफ्नो हुन सक्छ ?

जमिन धितो नराख्दा सम्म सदस्यको बचत १ लाख भयो भने बल्ल सहकारीले विनाधितो १ लाख ५० हजार ऋण दिने रे अनिे ५० हजारका लागि आफ्नै १ लाखको १५ प्रतिशत व्याज तिर्दा त्यो सदस्यलाई कसरी फाइदा ?

सदस्यले आफूले बचत गरेको ऋण ७ वर्ष सम्म झिक्न नपाउने रे, ७ वर्ष पछि पनि ५० प्रतिशत मात्रै झिक्न पाउने रे ? एउटा गरिवले आफूले १, १ सय बचत गरेको पैसा आफूलाई समस्या पर्दा किन झिकेर प्रयोग गर्न नपाउने ?

एउटा सदस्यले समयमा बचत नगर्दा महिनाको १५ देखि २० रुपैया सम्म जरिवना तिर्नुपर्ने रे एउटा सदस्यले आफूले राखेको बचत फिर्ता माग्यो भने चाँही जहिले बैठक वस्छ त्यसपछि निर्णय गरेर दिने रे ????

के सबै सहकारीमा यस्तै हुन्छ की , मैले संगत गरेकोमा मात्रै त्यस्तो हो ? सहकारीको नाममा फेरी पनि केही छोटे सामन्तहरुको हालीमुहाली र रजाँय त भएको छैन ?