मौसममा आएको परिवर्तनका कारण जाडो मौसम लागे सँगै रुघा खोकिको समस्यामा वृद्धि भएकोछ ।
चिसो बढे सँगै घाँटी खसखस हुने, नाक वन्द हुने, नाकवाट पानी बग्ने, रुघाखोकि, न्युमोनिया जस्ता समस्याबाट मानिसहरु बढिनै सताइने गरेका छन् ।
चिसोले वालवालिका, वृद्ध, अशक्त, गर्भवति , रोग प्रतिरोधात्मक शक्ति कम भएका, औषधी सेवन गर्दै गरेका बिरामीलार्इ वढि सताउने गर्दछ । चिसोकै कारण वर्षेनि सयौंले ज्यान गुमाउनु परेको छ।
चिसोवाट बच्न के गर्ने ?
-
- मौसम अनुसारको न्यानो कपडा लगाउने ।
- ताजा र सन्तुलित आहारको सेवन गर्नु पर्छ ।
- प्रशस्त मात्रामा झोलिलो कुराहरुको सेवन गर्नुपर्छ ।
- नियमित मनतातो पानिको सेवन गर्नु पर्छ ।
- चिसो र चिल्लो खाने कुरा कम मात्रै खाने गर्नुपर्छ ।
- खोकि लाग्दा र हाच्छिउँ गर्दा नाक र मुख रुमालले छोप्ने गर्नु पर्छ।
- विहान बेलुका हिन्दाखेरि शरिरलाइ न्यानो पार्ने कपडाको प्रयोग गर्नुपर्छ।
- साथै मोर्निङ वाक गर्दा घाम लागेपछि गर्नु राम्रो हुन्छ।
- घरमा बस्दा कोठालाइ न्यानो बनाएर राख्नुपर्छ तर कतैवाट पनि हावा नछिर्ने गरि झ्याल ढोका बन्द भने गर्नु हुदैन।
- नवजात शिशुलाइ तोरिको तेल लगाउने र न्यानो सङ्ग हावा नचल्ने ठाउँमा राख्नु पर्छ।
यदि चिसोको सन्क्रमण भैहालेको खन्डमा के गर्ने ?
- आराम गर्नुपर्छ।
- लक्षण उस्तै हुने अन्य रोगको सन्क्रमण पनि हुन सक्ने हुँदा प्रयोगशालामा परिक्षण गरि हाल्नु पर्छ ।
- सामन्यतया यो रोग आफै हराएर जान्छ, तर अवस्था बिग्रदै गएमा एन्टिहिस्टामिन, न्याजल डिकन जेस्ट्यान्स, नन स्टेरोइडल एन्टीइन्फ्लामेट्रि ड्रग र एसिटाएमिनोफेनको प्रयोग गर्न सकिन्छ।
- आफु खुसि औषधि सेवन गर्दा शरिरको औषधि प्रतिरोध गर्ने शक्ति बढ्ने तथा म्रिगौलामा असर गर्ने हुदा चिकित्सको सल्लाह अनुसार मात्रा मिलाएर औषधि सेवन गर्नुपर्छ।