नेपालमै केही गरौ, देशमै रोजगारीको बातावण बनाआै

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन २०, २०७३

Sundar Ale
नेपाल मै केही गरौं भने, देशमा महँगी, भ्रष्टाचारी, कालोबजारी, गुन्डागर्दी, बन्दहड्ताल, नाकाबन्दि, आन्दोलन ले गर्दा निक्कै धेरै संघर्ष गर्नुपर्ने ।

विदेश रोजगारीको लागि जाउ भने कति बेला के हुन्छ थाहै हुन्न । मलेसियामा मात्रा वर्षमा ४, ५ सय नेपालीको निधन हुन्छ । त्यस्तै कतार लगायत अन्य मुलुकमा पनि यतिकै हाराहारीमा नेपालीको निधन हुने गर्छ ।

नेपालीहरुलाई जहाँ गए पनि सुख शान्ति छैन । विदेशमा जति सुकै पैसा कमाए पनि नेपालमा आउँदा घर घडेरी र परिवार पाल्न र बालबच्चा पढाउन ठिक्क हुन्छ । आख़िर किन नेपालीले विदेशवाट कमाएको पैसा र सिपलाई नेपाल सरकारले किन सुरक्षित वातावरणमा लगानी गर्ने वातावरण बनाउन सक्दैन । लगानी गरि हाले पनि नेपालमा सुरंक्षित छैन । नेपालका धनाढ़्य व्यवसायीहरु किन विदेशमै लगानी गर्न वाध्य छन् ।

२१औं शताब्दीमा पनि सरकारले नेपाली जनतालाई विदेशको मरुभूमिमा रोज़गार पठाउन अनेक जाल किन रचिन्छ । के नेपालमा जन्मेर विदेशमा रोज़गार गर्नु निधार मै लेखेको हो त ? सबै नेपालीलाई समान रुपमा हेर्ने गरौ । कसैलाई पाखा कसैलाई पाखा पनि नगरौ । देशमा विकासको लागि खर्वको पारित गर्छ के अहिले सम्म सहि सहि प्रयोग भएको छ त ? पिउन देखि हाकिम, कार्यकर्ता देखि नेता, सभासद देखि मन्त्रि सम्मकाले भष्टचारी गर्न भ्याउछौं । देशमा एउटा पुल बनाउनु पर्यो भने १५ वर्ष लगाउँछ ।

बाटोमा कालो पत्र गरेको महिना दिन मै प्वाल पर्छ । मन्त्रि बन्न र सरकार चलाउन ३० वटा पार्टी पनि मिसिन सक्छ तर प्वाल परेको सड़क मेलम्चिको पानी ल्याउन २० वर्ष लगाउँछन् । सरकारले नेपाली युवा शक्तिलाई स्वदेशमै जव सम्म रोजगारी दिने वातावरण बनाउदैन देशको विकास सम्भव छैन ।

नेपालमै अझै रोजगारी दिन सकिन्छ । सरकारले सिस्टम र प्रविधी, कानुनलाई कडाई गरियो भने रोजगारी गर्न विदेश धाउन पर्ने छैन । बिदेशमा नेपालीहरुको अनाहकमा ज्यान गुमाउनु परेको छ । अब नेपालीले यस्तो भोग्न नपरोस् । नेपालमै केही गरौ, देशमै रोजगारीको वातावण बनाऔ ।