जनयुद्ध एउटा ऐतिहासिक शुरुवात थियो

Avatar photo
Dhadingpost
सोमवार, फाल्गुन २, २०७३

Saroj Dhungana
जेसुकै भएपनि जनयुद्ध एउटा ऐतिहासिक शुरुवात थियो ।

यसका सकारात्मक र नकारात्मक पाटोहरु भावी दिनमा जोखिंदै पनि जालान् । तर जनयुद्धकै नाममा महान सपना देखेका, देखाइएका ‘क्रान्तिकारी’हरु जो शहिदको सूचिमा लामबद्ध भए, ती प्रायः गरिब थिए, उत्पिडित थिए, शोषित थिए ।

उनीहरु शहिद हुनुपर्ने कारक तत्कालिन राज्यसत्ता थियो वा सपनाको रापताप देखाउने माओवादी ? दमित र शोषितकै लागि भनेर लडिएको युद्धको पुर्णविरामको औचित्य पनि पुष्टि गर्न नसक्नु माओवादीहरुको लागि एक नैतिक संकट पनि हो ।

महान सपना देखेर आफ्नो प्राणको आहुती दिने योद्धाहरुप्रति भने श्रद्धासुमन ।