Mani Khatiwada
एक्कासी समाचार आयो ‘र्यापर यमबुद्ध रहेनन्’ भनेर विश्वास लागिरहेको थिएन ।
फेरि अर्को समाचार सुनियो ‘यमबुद्धले आत्महत्या गरे’ भनेर । हल्लै सहि तर यसले सारो दुखि बनायो ।
अक्सर मान्छे किन अकालमा ज्यान फाल्छ त? सहज जवाफ छ ‘डिप्रेसन’। तर यो शब्द उच्चारण गर्न खासै गाह्रो नभए पनि सहन अति गाह्रो छ। किनकी म पनि यो समस्या बाट शिकार भैसकेको छु। यसले हाम्रो दिमागमा यति सम्म नकारात्मक असर पार्छ कि त्यो बयान गरेर सकिन्न। तर यसको सबैभन्दा ठुलो हल भनेको हाम्रो आत्म विश्वास नै हो। चाहे सिङ्गो संसर प्रतिद्वन्दी किन नहोस उनिहरु सँग खेल्न तयार हुनुपर्छ । किनकी संसारसँग खेल्न सक्ने मान्छे जिन्दगी देखी कदापी हार्दैन ।
अर्को कुरा परिवार र मित्रजनहरुले डिप्रेसनबाट पिडित ब्याक्तिलाई बडि भन्दा बढी साथ र सहयोग दिनु पर्दछ। उसलाई एउटा बिरामी जस्तो सान्त्वना होइन एउटा योद्धालाई जस्तो हौसला र विश्वास दिनु पर्छ ।
यहि कुरा मैले मेरो परिवार र साथीहरुबाट पाएर डिप्रेसनबाट मुक्त हुन सकेँ। तसर्थ सबैलाई यो सन्देश बाँड्न चाहन्छु कि आत्महत्या गर्नको लागि जति हिम्मत चाहिन्छ बस त्यति नै हिम्मत लिएर अलिकती मात्र सकारात्मक सोच लिएर अघि बढ्न सकियो भने सन्सारमा कुनै पनि शक्तिले हामीलाई आफ्नो जीन्दगी जिउनबाट रोक्न सक्दैन ।