के सोचे मैले , के भयो अहिले धादिङ महोत्सव

Avatar photo
Dhadingpost
मङ्लबार, पुस १२, २०७३


Keshari Pd Pant
के सोचे मैले , के भयो अहिले ….? धादिङ महोत्सव
२०७३पौष ७ गतेदेखी १७ गतेसम्म धादिङ्को दिगो
विकास र अर्थतन्त्रको अधार कृषी जलस्रोत पर्यटन
र उद्योगको आधार भन्ने उद्देश्यकासाथ सन्चालन
भैरहेको सन्दर्भमा सरसर्ती नियाल्दा स्थानिय उत्पादन
लाई भन्दा बाहिरकालाई प्रसर्य दियको हो कि भन्ने
आभास महसुस भयो ,
किनकी मन्चमा स्थानिय उत्पादन विषयमा प्रचार गर्न अनुरोध गर्दा बेवास्तगरी
बिकृतिमुलक कृयाकलापमा ब्यस्त गराइएको पाइयो ।
के गर्नु हाम्रो देशको चलनै यस्तै छ, मुस्ताङ हुम्लाको
स्याउ कुहिएर जान्छ कास्मिरको स्याउ भित्रिन्छ ?
स्थानिय उत्पादन माछाले बजार पाएन, तराइकोले
बजार पायो ।
कवि,लेखकले भनेको सहि रहेछ :-
नेपालीको जिब्रो नै त्यस्तै छ स्वदेशी नास्पाती भन्दा
विदेशी स्याउ नै मिठो हुन्छ ! जे होस् पाचौं महोत्सवको
सफलताको कामना !