Ram Thapa Chhetri
राजनीतिक मागमा सडक तताउने बिद्यार्थी संगठन भनौदाहरुको चर्तिकला पनि राम्ररी बुझिदैछ। १९ औं दिनको अनशन चलिरहदा पनि कुनै बिद्यार्थी संगठनले बिग्यप्ती समेत निकालेका छैनन। मेडिकल शिक्षामा भैरहेको चरम ब्यापारीकरण बिरुद्ध एक शब्द बोल्दैनन। सरकारले MBBS पढ्न ३५-३८ लाख तोकेको छ। तर कलेजहरुले भित्र भित्रै ५५ लाख भन्दा बढीमा मोलमलाई गरिरहेका छन। जनताका छोराछोरीलाई स्वदेशमै पढ्नबाट रोकेर बङगलादेश,चीन जान बाध्य पारेका छन। जबकी नेपालकै मेडिकल कलेजहरुले नेपाली बिद्यार्थीलाई पढाएर स्वदेशी पुजी बाहिर जानबाट रोक्न सक्दथे। तर उनीहरु नेपाली बिद्यार्थी बाहिर पठाएर भारतीय बिद्यार्थीबाट भारु असुल्नमा फाइदा देख्छन। अर्काको देशमा मेडिकल पढ्दाको दु:खहरु केबल हामी भोग्नेलाई थाहा छ। तिमीहरुको देशमा मेडिकल कलेज छैन ? भनेर हामीलाई अपमानित गर्दा निरीह बन्नु परेको अबस्था छ। जनताको स्वास्थ्य संग प्रत्यक्ष सम्बन्धित पेशामा देखिएको यसखालको बिकृती विरुद्ध सबैले आवाज उठाउनु पर्ने हो। तर बिडमबना चुतिया राजनीतिले यस्ता अहम मुद्दालाई ओझेलमा पारीदिएको छ।




