Guru Burlakoti
धादिङ र गोरखा निवासी दादु भाई दिदि वहीनीहरू १२०० मेघावाट क्षमताको बुढीगण्डकी जलबिध्दुत आयोजना राष्ट्रको मेरूदण्ड हो भने गोरखा र धादिङको प्राण हो ।
अस्ति मात्र गोरखा जिल्ला प्रशासनले मुख्य बजार क्षेत्र बाहेकका खेतियोज्ञ जमिनको मुआब्जा तोकेकोछ।तोकेको मुआब्जा चित्त नबुझे आपसमा बसेर छलफल गर्न सकिन्छ र पुनरविचार गराउन सकिन्छ ।
सुनिदैछ बुढीगण्डकी राष्ट्रिय सरोकार समितीको नाममा बिरोध, धर्ना, ताला बन्दीका कार्यक्रम गरिंदै छ । यस्ता कार्यक्रमले आयोजनाबाट सरकारले हात झिक्न सक्छ ।
डुवान क्षेत्रका जनताको समश्याको समाधानको पक्षमा हामि छौं । आयोजना भड्काउने पक्षमा कुनैपनि सरोकार समितिका नाममा हुने हुलदंगा र अबान्छित कार्यक्रममा सहभागि नहुन धादिङ र गोरखा निवासी संपूर्ण दाजुभाई दिदिबहिनीहरूमा हार्दिक अनुरोध गर्दछु ।