प्रचण्ड, बाबुराम, बैध्य र वादल

Avatar photo
Dhadingpost
शुक्रबार, अशोज २८, २०७३

Nirmal Gyawali
टिका लगाउनु नलगाउनु व्यक्तिको निजी कुरा हो । टिका लगाऊनु वा नलगाउनुको अर्थ क्रान्तिकारी नहुने वा हुने भन्नेपनि होईन । तर जहासम्म माओवादी नेताहरुको हकमा यो नियम लागुहुदैन ! किनकी प्रचण्ड, बाबुराम, बैध्य वादल वा अरुकोहि जो आफुलाई माओवीदी नेता ठान्छन, उनीहरुले आज, सर्लक्क आफ्नो परिवार संग बसेर टिका लगाएर निच्च दाँत देखाउने छुट विल्कुल छैन ! हिजो दशैका वारेको तिम्रो परिभाषा, आज किन वद्लियो ? दशै बद्लियोकी तिमी बद्लियौ ? प्रश्न यो हो । सवाल, नेताले बोलेको भटमास खाको वेला तलवाट आएको आवाज जस्तो हुन भएन ! ३०औ वर्ष दशैको विरोधमा अभियान छेड्ने, त्यही अभियानमा हजारौको वलिदानी हुने अनि अहिले न माफी माग्नुछ, न आलोचित हुनुछ, न यस्तोपो रहेछ भनेर बुझाउनु छ अनि सर्लक्क आफ्नो परिवार वसेर दशैको तडकभडक देखाउने ? जहासम्म दशैको कुरा छ, ‘ असत्यमाथि सत्यको जितको’ प्रतिकका रुपमा दशै मनाउदा कुनै कम्युनिष्टलाई लुक्नु पर्दैन ! तर यसमा कतिपय बिधी मान्यतामा परिमार्जन भने जरुरी छ !