रेडियो धादिंगको भवन ध्वस्त हुनुको मेरो व्यक्तिगत तर्क -मैले वुझेको

Avatar photo
Dhadingpost
शनिबार, अशोज ८, २०७३

हरिहरसिंह राठौर
१) यति धेरै जान्ने सुन्नेहरु पढेलेखेकाहरु शेयर सदस्यहरु वसेको सहकारी सदस्यहरुले केही उल्लुहरुको जंगलमा घर हाल्ने प्रस्ताव रोक्न सक्नु पथ्र्यो । विकःल्पहरु धेरै थिए ।
२) संचालन भैरहेको रेडियो भवन वस्नै उपयुक्त भएको थियो त ? हेर्नु पथ्र्यो ।
३) वैदेसिक सहयोग पाईने र सांसद विकास कोष वाट रकम पाईने भन्दैमा वलमिच्याई गर्नहुन्थेन । यस्ता कुरा कानुन नमान्ने मान्छे समाजमा लोकप्रिय हुनु पर्छ । सवै घटनाहरु नेपाल पत्रककार महासंघ जस्तो हुदैन । एकातिरको लालपुर्जा देखाई अनुदान लिएर अर्कोमा घर निर्माण गर्ने , पत्रकार महासंघमा कोही वोलेनन भनेर रेडियो वारे चुप लाग्दैनन । काम विगारेका यस्ता मान्छे सवै को प्यारो हुनु पर्छ । छरछिमेकी र पेशाकर्मीहरु संग राम्रो संवन्ध हुनु पर्छ । चोथाले मुखले न आफु जान्ने न अर्काले भनेको मान्ने अजास व्यवहारले रेडियो धादिंगको क्षती भएको हो । कस्का कारणले भएको हो शेयर सदस्यहरु सवैलाई थाहा छ । अजासु भएर अदालत किन गाको ? जिल्लाका सवजै पत्रकार लागेर ३ महिनाको समय माग्दा जान्ने भएर अरु क्रियाकलाप किन गरेको ?
४) समर्थन लिन खोज्ने पत्रकार र नागरिक समाजको तर रंग दिने नितान्त राजनैतिक । आजको विरोध जुलुस पत्रकारले रेडियो उकपरण क्षतीका विरुद्धमात्रै लाग्थे । वन अतिक्रमणका विरुद्ध लाग्ने थिएनन् ।
७) मुद्धा उठि सके पछि पार्टी र उपल्लो नेतृत्व तहले जिम्मेवारी लिन चाहेन । केहीले समर्थन गरे केहीले चोथालेकै कारण यसो भयो जेसुकै गरोस भन्ने वेवास्ता गरे । यौटै पार्टीले रेडियो वारे एकमत हुन सकेन । जिल्लाका राजनैतिक दलहरुले चाहे पछि सर्वसक्तिमान कोही हुन्न ।
८) पत्रकारले धेरै कुरा अ भने अलं्रकार वुझनु पर्छ । निशुल्क जासुसी कसैले गरि दिदैन । संकेत भए पनि वुझनु पर्छ । उपकरणहरु सुरक्षित गर्न नसक्नु वा अटेर गर्नु कमजोरी थियो । १५ दिनको मौखिक समय मागेर आलटाल गर्न खोजियो । लिखित समय
९ )यता जंगल मिचेर निर्माण गरिएको घर भत्काउनु र रेडियो उपकरण ध्वस्त गर्नु नितान्त फरक कुरा हो । टार्गेट रेडियो अतिक्रमित भवन भत्काउनु थियो कि रेडियो ध्वस्त गर्नु थियो ?
१०) मैले महाभारत पनि पढेकोछु अलिअलि । शत्रु संग लडने पनि युद्धका आफनै नियम हुन्छन् । ६ हजार वर्ष अघिको महाभारतमा सभ्य लडाई भएको थियो । यो आदिम युग हो कि ? सुर्यास्त अगावै र सुर्यास्त पछाडी जानकारी दिएर हथियार वसिाईन्थो , महिला ,m वालवालिका र वृद्ध, अशक्तहरुलाई प्रहार हुदैन्थ्यो । महाभारतमा भिष्मको अगाडी हिजर्डा लाई अगाडी सारेर नपुंसक लाई प्रकार गर्दैन भने पछि वहादुर भिष्मले प्राण त्याग्ुनु परयो । अध्यारोमा महिला र सुत्केरीको विचल्ली राम्रो हैन ।, रेडियो जस्तै लिखित जानकारी पनि दिईएन ।
११ ) कसैलाई नटेरेर आफु जानाजान जंगलमा घर निर्माण गर्ने अनी भत्काउन मा फलाना हरुका हात भनेर ओकल्नु राम्रो हैन , मेरो समाचारले वा कतै गरेको अभिव्यक्तिले रेडियो धादिंग भत्केको हैन । आफु नाच्न नजानेर … भर पर्ने अरु लाई आरोप लगाउने सर्वथा अन्याय हो ।
१२) मलाई रेडियो एकाविहानै हान्ने संकेत समम थिएन । काठमाण्डौंमा भएको मान्छे ४ वजे थाहा पाएर ५ हजार तिरेर ट्याक्सी लिएर दौडेकोछु । मेरो पनि ६ वटा रेडियोमा लगानी छ । अकोरावको नेतृत्व सम्हालेको मान्छे हो । यस्ता वाख्रा गोठालो हुनु पर्ने मान्छे पत्रकार भै टोपलेको हैन । गोला र वारुद संग खेलेर पत्रकारको ईतहास वोकेकोछु । अर्काले वनाई दिएको पत्रकार अर्काले दिजएर कपी गरेर लेख्ने पत्रकार हैन । यस्ता पत्रकार सयौं उत्पादन गरेकोछु ।
यो रेडियो भत्ेर वचेको घडेरी मेरो नाममा हुने वा रेडियोको स्टेसन म्यानेजर म हुने हेन् न त पत्रकार महासंघको उच्च पद सम्हाल्ने नै हो । न त सहकारीको अध्यक्ष हुने हो , के स्वार्थले रेडियो भत्काउनमा मद्धत गर्नु वा कुन वेलाको वदला लिन होला ?
आज लाई यत्तिनै ।

राठौर कान्तिपूर दैनिकका पत्रकार हुन् ।