सामुदायिक बन मिच्ने अधिकार राजा देखि रैतीसम्म छैन

Avatar photo
Dhadingpost
बुधबार, भदौ १, २०७३

Ganga Lal Gurung

रेडियो बिहानीको अनलाईन भएन भनेर बारबार भन्ने मान्छे म हुँ तर अझै पनि हुन सकेको छैन म ढाकछोप गर्दिन राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न म कहिल्यै पछि पर्दिन .मेरो कुरा रेडियोले सकारात्मक रुपमा लिउन या नकारात्मक त्यो उहाँहरुको कुरा हो ।

मसँग किन सम्बन्धीत छैन म पनि रेडियो धादिङलाई माँया गर्ने मान्छे हुँ । रेडियो धादिङको सञ्चालक समिति र कर्मचारीसँग मेरो राम्रो सम्बन्ध छ । अस्मीता बैनी , पहिलाको आकाश भाइ , सुजन गुरुङ मेरो जिग्री हुन । दोलख सर पनि हामि एउटै संगठनमा भएको मान्छे कसरी मलाई चासो हुन्न । म पनि धादिङको मान्छे हुँ । रेडियो धादिङ प्रति राम्रोमा राम्रो र नराम्रोमा नराम्रो भन्न त पाउछु होला नी ? किनकी म रेडियो प्रति नकारात्म व्यक्ति होईन तर पनि कानुन अनुसार चल्नुपर्छ भन्ने हो ।

मैले कसैलाई काखा र पाखा गरेर कहिले बोलेको छैन । म आफै काम गरेको रेडियोलाई पनि बारबार झकझकाउने काम गर्छु रेडियो बिहानी जस्तो रेडियो एउटा अनलाईन सुधार गर्न सक्दैन ? मैले कैयो पटक भने तर पनि आजसम्म केहि सुधार भएको छैन । अनि एउटा टेलिफोन बनाउन नसकेर मोवाईलबाट कार्यक्रम ? गर्नी यो त भएन नी हो रेडियोको नै बिल्ला हुन्छ भन्ने मान्छे हुँ म । लाईन जाने बितिकै बन्द हुन्छ यस्तो चालले पनि के रेडियो चलाको हो भनेर भनेको हुँ । मैले गफ लाको जस्तो लाग्छ भने सोध्नुस रेडियो बिहानीको कर्मचारी, स्टेशन म्यानेजर , व्यवस्थापन समितिको अध्यक्ष जो सुकैलाई सोधे पनि थाहा हुन्छ ।

रेडियो बिहानी , रेडियो लोकतन्त्र , रेडियो कृषि , रेडियो राजमार्ग प्रति केहि कुरा उठाएको छैन । आज आएर रेडियो धादिङको चाहि किन यस्तो विरोध भन्नुहोला यदि सामुदायिक बन नै मिचेर बनाको हो भने त्यसमा सामुदायिक बन मिच्ने अधिकार राजा देखि रैतीसम्म छैन । मिडियाले त झन हुने कुरै भएन । एउटा शिक्षक जो स्कुलमा पढाउदै गर्दा धुम्रपान गर्नु हुन्न भन्नी अनि आफै गर्नी जस्तो कुरा भयो । यहाँ त रेडियो धादिङ गाह्रो नमानी नलाजाई सबुत प्रमाण पेश गर्नुस तै चुप मै चुप हुनेछ ।