काभ्रेमा बस दुर्घटना,२४ जनाको मृत्यु (अपडेट)

Avatar photo
Dhadingpost
सोमवार, साउन ३१, २०७३

धादिङ साउन ३१

index

 

काभ्रेको विर्ता देउराली गाविसमा यात्रु बस दुर्घटना हुँदा कम्तिमा २४ जनाको मृत्यु भएको छ ।। काठमाडौंबाट काभ्रेको कोशीपारी जाँदै गरेको यात्रुवस दुर्घटना ग्रस्त भएको छ । ४२ जना यात्रु लिएर कात्तिके देउराली जाँदै गरेको बस सडकबाट करिब ३ सय मिटर तल खसेको बताइएको छ । ठूलो सङ्ख्यामा हताहाती भएको आशंका पनि गरिएको छ । प्रहरी घटनास्थलतर्फ जाँदै । विस्तृत विवरण आउँन बाँकी छ ।

स्थानीय शिक्षक नेत्रप्रसाद खरेलका अनुसार ओभरलोड बोकेर गुडिरहेको बस सडकभन्दा ३ सय मिटर तल खसेको छ। ‘१५ देखि १७ जना मृत्यु भएको भन्ने कुरा आइरहेको छ। क्षति यकिन हुन सकिरहेको छैन’,।बसभित्र धेरै मान्छे च्यापिएको र उनीहरुको उद्धार गर्न स्थानीयलाई गाह्रो परिरहेको शिक्षक खरेलले बताए।

दुर्घटनाको विस्तृत विवरण प्राप्त भइसकेको छैन। घटनास्थलमा प्रहरी पुग्ने क्रममा रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।