Dipak Kc
आज फेरि नेपाल बायुसेवाको विमानमा चरा ठोक्किएको र विमान आकस्मिक अवतरण गर्नुपरेको समाचारले आफू पनि विमानस्थल छेउमै बस्ने भएको हुदा केही लेख्न मन लाग्यो । मैले यी अक्षर टाईप गर्दै गर्दा पनि कागहरु कराई रहेको सुन्दैछु, अन्तरास्ट्रिय विमानस्थल सिनामंगल पेप्सी, छाप्रो, कोटेश्वर र नरेफाट सम्म फैलिएको छ।
एर्पोर्टको सुरक्षा नेपाली सेनाले गर्ने गर्दछ तर कोटेश्वर र जडिबुटी बिचमा भि ओ आई पि टावर नजिकै तारवार भित्र सैनिक ब्यारेक सङै सैनिक हरुलेनै सुङ्गुर बुङुर पालेका छन ।
जस्ले गर्दा चील गिद्दहरु आउनेनै भए अरु रुख, बोटविरुवा, नरकटघारि हरु फडानी हुदैनन बेला बेला मा ठेकेदारले आगो लगाउने गर्दछ्न एकातिर तेस्तो छ भने अर्कोतिर ट्राफिक प्रहरी कार्यालय देखि नरेफाट जडिबुटी जाने ठाउँ सम्म अबैध मासु पसलहरु छन जस्ले काम नलाग्ने मासु र हड्डी हरु एर्पोर्टको खाली जमिनमै समेत फाल्दछन जुन सुरक्षाको दृस्ठिकोणले एर्पोट इलाकामा मासु पसल राख्न पाइन्न चील गिद्द र कागहरु यहि कारण एर्पोट्को खाली जमिन माथी घुमिरहेका छन समयमै ध्यान दियर यस्ता गैर कानुनी कार्यलाई रोकथाम गर्न सकियन भने गम्भीर दुर्घटना निम्तिने कुरोलाई नकार्न सकिन्न ।।