Raja Ram Karki
एउटा सत्य के हो भने-जसलाई कसैसंग आशा(लोभ) हुँदैन,त्यसलाई कसैसंग पनि त्रास(डर) हुँदैन। तव मात्र ऊ भिडको पछि होइन,सत्यको पछि लाग्न सक्छ,सत्य बोल्न सक्छ। मलाई कसैसंग आश र त्रास दुबै छैन।
१) त सत्य के हो? यतिखेर राष्ट्रियता संकटमा छ, लोकतन्त्र र समाजवाद भाषण र नारामा मात्र छ, संबिधान कगजको खोस्टो मात्र बनेको छ।
२) त कारण के हो ? प्रत्यक पार्टीका नेताहरू देशको होइन, आफ्नो व्याक्तिवादी चिन्तनमा व्यस्त छन्।प्रत्यक पार्टी आफ्नो सिध्दान्त र संकल्पबाट होइन,ती पार्टीका नेताहरूको व्यक्तिगत् स्वार्थबाट संचालित छन्। अनि प्रत्यक पार्टीमा समर्पित,निष्ठवान र दक्षहरू भन्दा चाकडी,चुक्ली र चापलुसीमा व्यस्त स्वार्थी दासहरू हाबी छन्। यो देश,जनता र स्वयम त्यही पार्टीका लागि पनि दुखद र दुर्भाग्यपूर्ण छ।
३) त अव के गर्ने ? प्रतेक पार्टीका समर्पित र निष्ठवान कार्यकर्ताहरूले सहास र दृढ शक्तिका साथ सत्य र न्यायका लागि एक भएर संघर्ष सुरू गर्ने। अनिमात्र अखण्ड नेपाल,संरक्षित लोकतन्त्र र अग्रगामी विकास संभव छ। हामी सबै मातृभूमिकाप्रति समर्पित हौँ