प्रचण्ड भन्छन् भूकम्प पीडितलाई ३ लाख दिनुपर्छ ,कांग्रेस भन्छ तत्काल एकमुष्ठ २ लाख दिनुपर्छ(तत्कालिन अर्थमन्त्री रामशरण महतले एक मुष्ठ दिन सकिदैन भन्थे)अनि प्रधानमन्त्री ओली जेठ असारमा भूकम्प पिडित भूकम्प प्रतिरोधी घरमा बस्छन् भनेर भाषण ठोक्थे । तर खोई त असारे झरीमा भूकम्प पिडितले बस्ने बास पाएका छैनन् । सरकारकै आश्वासन पत्याएर भूकम्प पीडितले न आफैं घर बनाए न सरकारले बनाईदियो । म पनि भूकम्प पीडित नै हुँ तर यि प्रमुख दलहरूले भूकम्प पिडितको पीडामा मजाक गरे झैं लाग्छ । भित्र -भित्रै कार्यकर्तालाई रकम बाड्ने बाहिर -बाहिर भूकम्प पीडितको पीडामा गोहीको आशुँ झार्ने! क्या गज्वव छ है राजनीति !
