नलाङ “एकीकृत व्यवस्थित बसोबास ,

Avatar photo
Dhadingpost
शनिबार, बैशाख १८, २०७३

Shaligram Aryal
नलाङको दीर्घकालिन बिकासको लागि भुकम्प पछिको पुननिर्माणसंगै सिङ्गो नलाङलाइ “एकीकृत व्यवस्थित बसोबास , पर्यटन बिकास र आधुनिक एवं व्यावसायिक कृषि प्रणाली” मा लैजान हामीले एक अवधारणा पत्र तयार गरि २०७२/११/८ मा नलाङ भेलाबाट पारित गराई जि बि स धादिङमा पेश भइ बसेको “समग्र नलाङ बिकास नीति” लाई राष्ट्रिय योजना आयोगसम्म पुर्‍याइ पारित गराउन । सो को कार्यान्वयन गर्न स्थानिय कृयाशिल ३दलबाट सिफारिस ९ व्याक्तिहरुको पहिलो बैठक नलाङ बैरेनीमा हिजो बसी प्रधान मन्त्री भएको दलको अध्यक्ष रहने सर्तमा एमाले अध्यक्ष क.चन्द्र सिलवालको संयोजकत्वमा सचिव शालिग्राम अर्याल ,कोषाध्यक्ष बासु तिमल्सिना र सदस्यहरुमा सुमन खनाल , गेहेन्द्र मल्ल , अशोक नेपाल , रुद्र भट्ट , झम्क भट्ट र अर्जुन तिमल्सिना रहनु भएको “नलाङ बिकास संयन्त्र” नामको संस्था र ससक्त टीम निर्माण भएको छ ।
हेरौं र आशा गरौं , यसले केही गर्छ कि !!!