Dhurba Bikram Malla
सिंगो देशलाई विश्व सामु परिचित गराउने माध्यम भनेको नै खेलकुद क्षेत्र नै हो नकि पाटीको नाम वा उच्च पदमा आसिन व्यक्तिको नाम ले गर्ब गर्न सक्छ , नेपाल देश विश्वमा सबै भन्दा अग्लो हिमाल भएको सगरमाथाको देश, शान्तिको दुत धार्मिक ईतिहासमा गौतम बुद्ध जन्मेको देश, नेपालले मात्र हामीले विश्व सामु गर्ब गर्न पाइरहेका छौ । अहिलेको शताब्दी कुन देश कति शक्ति शालि भनेर प्रमाणित गर्ने माध्यम खेल क्षेत्र नै हो ियो क्षेत्र यति शुद्ध सफा किलिन सुन्दर छ कि न धनि न गरिबको घमण्ड छ १ न त त्यो जात म यो जात भन्नि मा घमण्ड छ १ न त त्यो धर्म म यो धर्म भन्नि मा घमण्ड छ । मात्र आ आफ्नो खेलको नेचर अनुसारको नीति नियमको दाएरामा अडिग छ, मात्र रिङ्ग कोट र मैदानमा आफ्नो राष्ट्रको लागि गर्वको ईतिहास प्रमाणित गर्छ ।
सहि खेलका सहि जेहेन्दार प्रतिभालाई उत्साहित बनाई हौसला प्रदान गरि संरक्षण दिनु पर्ने बाताबरण दिनुको सट्टा, नेताहरुको ज्यु हजुर प्रभुशरण गर्नु पर्ने दलाली मनोबृदि भए पनि सम्मानित हुन् पाउने यो हाम्रो खेलकुद क्षेत्र कहिले साग गेम्समा आठौ साग गेम्स जस्तो ३२ स्वर्ण पदक सहित दोर्सो स्थानमा पुनरागमन गर्न पाउने र एशियन गेम्समा स्वर्ण पदक जित्न सक्ने कहिले भन्ने ओलम्पिक गेम्समा पदक दिलाउन सक्ने हैसियत कहिले राख्ने, जुन खेलमा राज्यको करोडम लगानी गर्दा पदक भित्रन सक्दैन त्यस खेल मार्फत बालुवामा पानी हालेको सरि आफ्नो स्वार्थ पूर्तिको लागि तछाड म छाड किन ?
आज विश्वमा नेपालको झन्डा फरफराउने अल्ट्रा धाविका मिरा राई रेकर्ड सहितको एशियन च्याम्पियन हुदै ८० किलो मिटरमा विश्व बिजेता भई राष्ट्रको सम्मान हामी नेपालीको गर्ब गराउने मिरा राई जसलाई विश्वको ठुलो मिडिया न्युज बि बि सी प्रतिनिधिहरु नेपाल आई २७ दिन लगाएर डकुमेन्ट्री फिलिमू बनाई विश्वमा प्रसारण गर्दै छन् । के हाम्रो देश मात्री भूमिको रगद र पसिनाले जन्मेको प्रतिभालाई नेपाल सरकार खेलकुद हेर्ने नेता ज्युहरुले रु १ लाख नगद सम्मान दिएर छोडी दिने की सो को अवसर क्यास गर्न अल्ट्रा खेललाई आधिकारिक संघ मार्फत एशियन गेम्स र ओलम्पिक गेम्समा सहभागी गराउन अन्तरास्ट्रिय पहल थाल्ने, समयमा नै यो राज्यको खेलकुद हेर्ने निकाय वा नेताहरुले पहल कदमी लियोस ।
कुन हिरा कुन झुसिल किरा हिरा समात्ने की किरा थाहा नभएका दलाली प्रबिर्ती भएकाहरु खेलकुदमा हाबी हुनुजेल जेहेन्दार यो देशका प्रतिभाहरु प्रमाण पत्र साची राख्दै विदेश पलाएन भैरहने छन् । चाकडी खेलको नाममा दलाली गर्नेहरु सधै ठुला भन्ने नेताको आसिरबाद लिनेहरु हाकिम भएको तपाई हामीले देखि रहन पाउने छ र हल्ला नै हल्लाले राज्यको दुकुती सिद्धाई रहने छ भने राज्यको सय रुपया पनि लगानी नभएका १७ ओं एशियन गेम्स कोरियामा देशको लागि एक मात्र पदक दिलाउने कराते खेलाडी बिमला तामांग र राज्यको सय रुपया पनि लगानी नभएका अल्ट्रा धाविका मिरा राई जस्ता खेलाडीहरुले यो मेरो देश नेपालको नाम राखी रहने छ ।