भारत नागपुर चैत्र २ । ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आज देखि सुपर टेनका खेलहरू सुरू हुनेछन्।
भारतमा जारी प्रतियोगिताको प्रारम्भिक चरणका खेलहरू सकिएपछि आजबाट दोस्रो चरणका खेलहरू हुन लागेको हो । भारतको नागपुरमा नेपाली समय अनुसार बेलुका पौने आठ बजे सुरू हुने खेलमा आयोजक भारतले न्युजिल्याण्डको सामना गर्ने छ ।
समूह दुईमा भारत र न्युजिल्यान्डसँगै अष्ट्रेलिया, पाकिस्तान र बंगलादेश समुह एक मा श्रीलंका, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, वेष्ट इन्डिज र अफगानिस्तान छन् । बंगलादेश र अफगानिस्तान प्रतियोगिताको प्रारम्भिक चरण पार गरेर सुपर टेनमा आएका टोली हुन्।
अन्य आठ टोली भने आईसीसी विश्व वरियताको शीर्ष आठमा रहँदै सिधै प्रतियोगिताको सुपर टेनमा परेका हुन्।