धादिङ अस्पतालका हर्ताकर्ताहरु

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन २८, २०७२

Da.Ram Thapa Chhetri
भुकम्प पीडित महिलाको सिजर अप्रेसन हेर्न ओटि रुम पस्दा बाहिरको मान्छे भित्र पस्ने साहस कसरी गर्नुभो भनी प्रश्न गर्ने धादिङ अस्पतालका हर्ताकर्ताहरुको आज सातो गयो होला। भुकम्प पीडित घाइते जनताको उपचारमा अहोरात्र सेवा गरेर फर्किनुहुने भोलिनटिएर डाक्टर साबहरुलाई एक शव्द मिठो बोलेर धन्यबाद दिन नसक्नेहरुलाई अर्थक्वाक हिरो बनाइदिएपछि परिणाम निस्कने यस्तै हो। अझ धेरै बेथितिहरुको पर्दाफास हुनुपर्छ । सरकारी अस्पताललाई मनपरी ढंगले चलाउनेहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्छ। धादिङका सिडियो साबको एक्सनले निरन्तरता पाओस।