सिजन अब आँपको, आँपका फाइदा

Avatar photo
Dhadingpost
शनिबार, जेष्ठ २३, २०७२

mango_47852692-600x330आँपलाई फलफूलको राजा त्यसै भनिएको होइन, यसले स्वास्थ्यमा अनेक फाइदा पुर्‍याउने भएकाले अन्य फलभन्दा यसको स्थान माथि भएको हो ।
आँपमा एमिनो एसिड, भिटामिन ए, सी र ई, आइरन, क्याल्सियम, म्याग्नेसियम, पोटासियमलगायत इन्जायम प्रचुर मात्रामा पाइन्छ । यसले शरीरलाई स्वास्थ्य राख्न मद्दत पुर्‍याउँछ ।
दिनहुँ आँप खानाले रगतमा रहेको एडिपोनेक्टिन कोलेस्ट्रोलको उच्च लेभललाई बिस्तारै कम गर्छ । आँपमा लेप्टिन नामक केमिकल पाइन्छ, जसले भोक कम गर्छ । यसले गर्दा बढी वजन भएर दिक्क भएकाहरूलाई वजन कम गर्न मद्दत गर्छ ।
आँपले हृदयाघातको जोखिम पनि कम गर्छ । आँपमा प्रचुर मात्रामा पाइने पोटासियमले हृदयको गति र ब्लड प्रेसरलाई सन्तुलनमा राख्न मद्दत गर्छ ।
आँप खाएपछि यसको बोक्रा अनुहारमा दल्ने र १०–१५ मिनेटपछि मुख धुने गर्नाले छाला चम्किलो हुन्छ।
आँप खानाले तराईवासीलाई लुको जोखिमबाट बच्न सजिलो हुन्छ । आँपमा पाइने पोटासियमले शरीरमा सोडियमको लेभल सन्तुलनमा राख्छ र यसले लु चलेको वेलामा शरीरलाई हानि हुन दिँदैन । लुबाट बचाउन काँचो आँप दिनहुँ खानु पनि राम्रो हुन्छ । तर, आँप खानुभन्दा एक घन्टाअघि आँपलाई चिसो पानीमा डुबाएर राख्नुपर्छ ।
आँपमा पाइने भिटामिन एले आँखाको क्षमतालाई मजबुत बनाउँछ । आँप खाइरहने गर्नाले रतन्धो, मोतियाबिन्दु, आँखा पोल्ने, चिलाउने, खाँखा सुक्ने, आँसु आइरहनेलगायत हुँदैन ।
आँप खानु पाचनक्रियाका लागि पनि राम्रो हुन्छ । यसमा फाइबर प्रचुर मात्रामा पाइन्छ, जसले पाचनशक्तिलाई मजबुत गर्छ ।
आँप खानाले किड्नीसम्बन्धी रोग लाग्ने सम्भावना पनि कम हुन्छ । यसमा साइट्रिक एसिड, टरटरिक एसिड र म्यालिक एसिड हुन्छ, जसले किड्नीलाई स्वस्थ बनाउँछ । साभारः नयाँ पत्रिका