धादिङमा यसअघिको रक्तदान रेकर्ड तोडियो

Avatar photo
Dhadingpost
बुधबार, चैत्र २१, २०८०

धादिङ । नेपाली काँग्रेस ज्वालामुखी गाउँपालिका धादिङले राष्ट्रिय एकता तथा मेलमिलापको दिवसका अवसरमा ०७७ पुस १६ गते आयोजना गरेको रक्तदान रेकर्ड तोडिएको छ ।

कांग्रेसले ज्वालामुखी गाउँपालिका–६ स्थित साँधभञ्ज्याङमा आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा ३१ जना महिला र १८७ जना पुरुष गरि एकै दिन २१८ जनाले रक्तदान गरेका थिए उक्त रेकर्ड ३ वर्ष पछि रामकोट साकोसले तोडेको हो ।

सोकोसले हिजो मंगलबार गरेको उक्त रक्तदान कार्यक्रममा १५६ जना पुरुष र ७० जना महिला गरि २२६ जनाले रक्तदान गरेका थिए ।