धादिङको ज्वालामुखीमा एकै दिन २१८ जनाद्वारा रक्तदान

Avatar photo
Dhadingpost
बिहिबार, पुस १६, २०७७

धादिङ पुस १६ । नेपाली काँग्रेस ज्वालामुखी गाउँपालिका धादिङले राष्ट्रिय एकता तथा मेलमिलापको दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा २१८ जनाले रक्तदान गरेका छन् ।

धादिङ जिल्ला रक्तदान कार्यक्रम निरन्तर हुने जिल्ला मध्य पर्दछ, तर धादिङमा यति धेरै मानिसले एकै दिन यति धेरै संख्यामा रक्तदान गरेको भने पहिलो पटक भएको बताईएको छ ।

काँग्रेसले ज्वालामुखी गाउँपालिका–६ स्थित साँधभञ्ज्याङमा रक्तदान गरेको यस कार्यक्रममा ३१ जना महिला र १८७ जना पुरुष गरि २१८ जना रक्तदान गरेका हुन् ।

काँग्रेसका संस्थापक नेता बिपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति प्रतिपादन गर्नुभएको दिन पुस १६ गतेका अवसरमा काँग्रेसले हरेक वर्ष मेलमिलाप दिवस मनाउँदै आएको छ । यहि अनुरुप ज्वालामुखीमा पार्टी कार्यालय स्थापना सँगै रक्तदान कार्यक्रम आयोजना गरिएको काँग्रेस नेता नरेन्द्र भट्टले धादिङपोष्टलाई बताउनु भयो ।