धादिङकी सुनिता, पब्लिक च्वाइस अवार्डबाट सम्मानित

Avatar photo
Dhadingpost
आइतवार, बैशाख ९, २०८१

धादिङ । धादिङको नेत्रावती डवजोङ ३ निवासी सुनिता वाइबा (तामाङ), गौतम बुद्ध म्युजिक एन्ड फिल्मी अवार्ड २०२४ मा ‘तामाङ गीत ल्होसार खामाम सेम ताङ्जि’बाट मेन्दोमाया फिमेल मोडल ‘पब्लिक च्वाइस अवार्डबाट सम्मानित भएकी छिन् ।

बिएसकेल एक्टिभ नेपाल प्रोडक्सनको आयोजनामा प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाको प्रमुख आतिथ्यतामा काठमाडौं जमल स्थित राष्ट्रिय नाचघरमा भएको कार्यक्रममा करिब २ सय भन्दा धेरै तामाङ गीतहरूमा अभिनय गरिसकेकी सुनिता अवार्डबाट सम्मानित भएकी हुन् ।

विगत आठ वर्ष देखि यस क्षेत्रमा काम गर्दै आएकी सुनिता दर्जनौँ अवार्डले सम्मानित भेसकैकी छिन् । यस्ता सम्मानले काममा थप उर्जा थपिदै गाएको छ । शरिरले साथ दिई रहुनजेल मोडलिङ नै आफ्नो रोजाई हुने उनले धादिङपोष्टलाई बताईन् । कार्यक्रममा फरक–फरक विद्यामा कलाकारहरूलाई अवार्ड वितरण गरिएको थियो ।