स्व. डा. प्रतिभा धाैभडेलको स्मृतिमा धादिङ अस्पतालले प्रत्येक वर्ष स्वास्थ्य शिविर आयोजना गर्ने

Avatar photo
Dhadingpost
मङ्लबार, चैत्र २७, २०८०

धादिङ । स्वर्गिय डा. प्रतिभा धौभडेलको सम्झनामा आज धादिङमा दिप प्रज्वलन गरिएको छ । १३ औं पुण्य तिथिको अवसरमा धादिङ अस्पतालका स्वास्थ्यकर्मीहरुले दिप प्रज्वलन गरेका हुन् । स्व. धाउभडेलको स्मृतिमा प्रत्येक वर्ष स्वास्थ्य शिविर आयोजना गरिने जानकारी समेत गराईएको थियो ।

श्रद्धाञ्जी तथा दिप प्रज्वलन कार्यक्रममा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजाराम रिजाल, निमित अस्पताल निर्देशक डा. गगन अधिकारी, स्वास्थ्य कार्यालय धादिङका प्रमुख विभु झा लगायत अन्य कार्यालय प्रमुख तथा प्रतिनिधि र अस्पताल स्वास्थ्यकर्मी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष रिजालले शोक मन्तव्य राख्दै डा. प्रतिभा धाउभडेलको स्मृतिमा प्रत्येक वर्ष चैत्र १५ गते धादिङ जिल्ला स्थित पालिकाहरुमा स्वास्थ्य शिविर आयोजना गरी नागरिकहरुलाई स्वास्थ्य सेवा प्रदान गर्ने बताएका थिए ।

धादिङ अस्पतलामा कार्यरत डा. प्रतिभा धौभडेल घर विदामा रहेकी उनी यहि चैत १५ गते काठमाडौँ महानगरपालिका–१३ छाउनीस्थित घरमा मृत भेटिएकी हुन् । सलले पासो लगाएर झुण्डेको अवस्थामा देखेपछि उनका पतिले बीरेन्द्र सैनिक अस्पतालमा लगेका थिए । अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

चितवनको कलेज अफ मेडिकल साइन्सेसबाट एमबीबीएस, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट सर्जरी विषयमा मास्टर्स, रातो बंगलाबाट ए लेभलमा नेपालमै उत्कृष्ट अंक, भारतमा प्रतिष्ठित डा पारसमणि स्वर्ण पदक समेत प्राप्त डा. धौभडेल स्वास्थ्य क्षेत्रमा उदाउँदो नाम थियो ।