धादिङका कृष्णमान नेपाल जनस्वास्थ्य संघको अध्यक्षमा निर्विरोध निर्वाचित

Avatar photo
Dhadingpost
बुधबार, चैत्र २८, २०८०

धादिङ । नेपाल जनस्वास्थ्य संघ (नेफा) को निर्वाचन मिति बैशाख ८ गतेलाई तोकिएपनि उम्मेदवारी मनोनयनमा एमाले, कांग्रेस र माओवादी केन्द्र नीकट संगठनहरु बीच सहमती बने संगै कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।

अध्यक्षमा धादिङ ज्वालामुखी गाउँपालिकाका कृष्णमान शाक्य निर्वाचित भएका छन् । उनी नेपाली कांग्रेस धादिङ जिल्ला कार्य समिति सदस्य समेत हुन् । नेफाको पूर्व उपाध्यक्ष समेत रहेको उनी शान्ति नेपालका पूर्व कार्याकारी निर्देशक हुन भने अहिले पनि जनस्वास्थ्यको क्षेत्रमा कार्यरत छन् । शाक्य कांग्रेस कोटाबाट अध्यक्ष बनेका हुन् ।

यस्तै उपाध्यक्षमा एमाले निकटका तेजप्रसाद दुलाल भक्तपुर, महासचिवमा माओवादी केन्द्र निकटबाट ताप्लेजुङका कैलाश खाकी श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् यसैगरी सचिव पदमा ललितपुरका भीमप्रसाद सापकोटा, कोषाध्यक्षमा प्युठानका विजय ढकाल र सह कोषाध्यक्ष (समावेशी) मा सर्लाहीकी मायाकुमारी गोले निर्वाचित भएका छन् ।

सदस्यहरु समावेशीमा दिलिपकुमार यादव सर्लाही, अनुजा खनाल चितवन निर्वाचित भएका छन् । यस्तै खुल्ला सदस्य तर्फ नरेशप्रसाद जोशी बझाङ, श्रीकृष्ण बस्नेत काठमाडौँ, विकेश मल्ल बझाङ रहेका छन् । यस्तै विनोदकुमार पोखरेल प्यूठान, मनोज सिग्देल सर्लाही र अमृत विष्ट बैतडी पनि निर्विरोध निर्वाचित भएका छन् ।