रत्नपार्कको सम्झना

Avatar photo
Dhadingpost
आइतवार, पुस १३, २०७१

अमृत अधिकारी
अमृत अधिकारी
कसैलाई पर्खिनुभयो रत्नपार्मको शान्तिबाटिकामा र रत्नपार्कले सम्पूर्ण नेपालको प्रतिनिधित्व गरेको छ । यो मानेमा की रत्नपार्कमा गएर उसैलाई पर्खनलाई कहिल्यै अत्यास लाग्दैन । रत्नपार्कले काम नहुने नामहरुको टाइम पास गरिदिन्छ । त्यहि भएर त रत्नपार्क त्यसै भिडभाड भैदिन्छ । कहिल्यै कुनै कार्यक्रममा भाग लिन नपाउने र भाषण गर्न नपाउने मान्छेहरु रत्नपार्क पुगेपछि भाषण गर्न थाल्छन् । सबैलाई नेता बनाउन रत्नपार्कले । ती नेता आफ्नो नेतृत्व गरिरहेका हुन्छन् । मुकुन्द शर्मा ‘मुकुन्दे’ले यीनका ओठमा केही शव्दहरु छन् । जुन गुलेलीबाट उछिट्टिने मट्याँग्रा जस्तै हुन्छन् । दुईचार जना जम्माहुने वित्तिकै बोल्न थालिहाल्छन् ।
काठमाण्डौमा सबैभन्दा वढी विज्ञापन हुने ठाउँ यहि रत्नपार्क हो । खलाँसीहरु गाडि ठडाएर यस्तो विज्ञापन गरिरहेका छन्, ल रत्नपार्क रत्नपार्क ! यहाँको विरुवाहरु समेत कुरुप भएका छन् । दुबोहरु सुकेर निर्जिब भइसकेको, रुखो भूमी, अनि त्यहाँ ओर्लने वित्तिकै भेटिने भद्धा मान्छेहरु र रत्नपार्कले विरक्तै पार्छ हामी जस्तालाई ।
काठमाण्डौ आउनु र रत्नपार्कको लोकेशन थाहा नपाउनु हुनै सक्तैन । त्यसो भएको हो भने, केही गल्ती छ भन्ने बुझ्नुपर्छ । रत्नपार्क नआइकन कोहीलाई पनि काठमाण्डौ आएको भन्न सकिँदैन । किनकी रत्नपार्क बिना काठमाण्डौ अपुरो हुन्छ ।
रत्नपार्कले सारा मुलुक जोडेको छ । फरक विचार बोकेको मान्छेहरुको जमघट, दैनिक गुजाराका लागि गरिएका अनेक खाले व्यवसाय र जवानी बेच्न बसेका पुतलीहरु । यि हरेकका आफ्नै व्यथा छन् । यि सबैको भिजुअल सक्सपेरियन्स देखाइदिन्छ । समयले जतिसुकै … गरेपनि रत्नपार्कले आफूलाई नामेट हुन भने दिएको छैन । काठमाण्डौको मुख्य ट्रान्जिट प्वाईन्ट यो भन्दा अर्को छैन । काठमाण्डौमा नाम यति चल्ति छ कि लोकतान्त्रिक आन्दोलन पछि सामन्ति राज्यशत्तासँग सम्बन्धित नाम बदल्ने लहर चल्दा पनि ज्ञानेन्द्रकी कान्छी आमाको नामबाट राखिएको यसको नाममा कुनै फेरबदल भएको छैन । नजिकैको रत्नराज्य लक्ष्मी क्याम्पस नेपाल मानविकी क्याम्पस बनिसक्यो । तर रत्नपार्क अहिलेसम्म नेपाल पार्क बनेको छैन र त गर्व छ रत्नपार्कप्रति । बटुका भरिको सङ्लो पानीमा दर्जन घडी डुवाएर आफू अघिको पेटीमा लम्कनेहरु हरेक बटुवाको आँखामा आशातित दृष्टि फैलाउँदै चिसोमा बसेको ठिटो मस्त छ । आफ्नो भविश्यप्रति लाग्छ उ निश्चित छ अझ दौडने र घिस्रिने बटुवा जस्तो कुनै चिन्ता उसमा छैन । सन्ध्याकालीन पत्रिकाको खाता बोकेर चिच्याइरहेका साइजका हकर पनि आफ्नै हतारोमा छन् । रोईरहेको आकासमुनी पानीको कुनै प्रबाह नगरीकन प्याट–प्याट हात्तिछाप चप्पल पड्काउँदै सुपर ग्लुव, पर्स, मोजा आदि बिकाउन चर्को रबरमा चिच्याउँदै हिँडेको सानो बालक अलि साइजको फुटपाथमा चिरा पारेर थालमा राखिएको काँक्रो वा खरबुजा बोक्ने कुनै जवान युवतीका विवसता रत्नपार्क टुलुटुलु हेरिरहेको छ ।
एक घण्टा अघिदेखी कसैलाई पर्खिरहेको म अघिदेखी यहि रत्नपार्र्कलाई नियालिरहेको छु । लाग्छ रत्नपार्क एक विशाल युनिभर्सिटी हो सिक्नका लागि । अब साँझ पर्न लागिरहेको छ, तैपनि म यहीँ नियालीरहेको छु । ढुङ्गाको प्रतिमाया भिजिरहेको लौह पुरुष गणेशमान सिंह आफू अघि चना चट्पटे बेचिरहेका हुललाई हेरिरहेका छन् । चाउरी परेका छालामा डेट यस्पायर्ड पाउडर घसेर एउटा पुरुष फेला पार्न आसमा उभिरहेकी ति महिलाको मनोदशा बुझे बुझेनन् थाहा भएन ।
सहरको कुनै ओसिलो गल्लीको कोठामा ग्याँस सकिएको झोकमा दुई चार ग्लाँस घुटुक्क पारेर रत्नपार्क पुगेको कुनै पुरुष देश सराप्दै हल्लिएको हुन्छ ।
एकसरो टिसर्टले धान्न नसक्ने गरी चिसो बढ्दै थियो रत्नपार्कमा । म घरिघरि गोजीबाट माइक्रोम्याक्स मोबाईल झिक्दै समय हेर्दै थिएँ । सम्झनाको ड्युटी सकिन अझै १५ मिनेट बाँकी थियो । त्यसैले अझै १५ मिनेट त्यही रत्नपार्कलाई पढ्नुपर्ने बाध्यताले मलाई गाँजेको थियो । रातो लिपस्टिक लगाएको कुनै नानी पनि फुटपाथमा उभिएको कुनै पुरुषलाई सम्भावित ग्राहक ठानेर भनिरहेकी थिई– जाने हो ? कुनै बेला ग्राहक उदार भए उसको शरीरको मुल्य बढ्ने सम्भावना हुन्छ । निरन्तर चलिरह्यो बार्गेनिङ ।
मलाई त्यो दृष्य दिक्क लाग्छ र अलि पर बारमा अढेस लगाएर बस्न खोज्छु पछडिबाट फेरी त्यस्तै आवाज सुनिन्छ ।
एक घण्टाको लागि हो भने ५सय र पुरै रातको लागि हो भने १ हजार भन्दा कममा हुँदैन । साँझ ढल्दैगर्दा रत्नपार्कमा यस्ता भद्धा वाक्यहरु धेरैपल्ट सुनेको छु मैले । करिब १४ वर्षका किशोरीदेखी ४० वर्ष हाराहारीका महिला खुलेर आफ्नो शरीरको मोलमोलाई गरिरहेका हुन्छन् । केटाहरु सिधै कति पैसा लिने गरेको छ ? भनेर सोध्छन् । कुरा मिल्यो भने उनीहरु मायालु भन्छन्, मिलेन भने भालु भन्छन् । मायालु र भालुको कथा कम युगौँदेखी चलिरहेको छ त्यहाँ ५ सय रुपैयाँमा बेचिन बिवश जवानी देखेर माया लागेर आयो । यो रत्नपार्क संधैँ यहि देखिरहेको छ कति दुःखी बन्दो हो ।
रत्नपार्क वर्षौदेखी राहतको आसमा आफ्नो दुर्गन्धित काया र घाइते मन लिएर कसैलाई पर्खिरहेको छ र झण्डै १ घण्टा अघिदेखी सम्झनालाई पर्खिरहेको छु । काठमाण्डौ पर्खिने र कुर्नेहरुको संगम हो ।
कुर्दा–कुर्दा थकित भएपछि विर हस्पिटलतिर लागेँ माथिबाट ड्यूटी सकेर सम्झना झर्दै थिईन् । टाढैबाट देख्यौं र चिन्यौं एक अर्कालाई ।
महिनौंदेखी ननुहाएर मयलका टाटा बोकेका लैला मजनु पनि यही हुन्छन् । बाटोमा माइक्रो र ट्याम्पुको भिड हुन्छ । लगनखेल… कलंकी…. मैतीदेवी… । कता हो चिहाउँदै छन् खलाँसीहरु ।
सम्झना अगाडि आइपुगेर सरि.. भनी हेरन साथी आइपुग्न ढिला गरी अनि एकछिन् ड्यूटी थप्नप¥यो । तिमीलाई बोर त भएन नि है ? प्रतिक्रिया केही जनाइन र चुपचाप सोधेँ कहाँ जाने ? तिमी कहाँ लैजान्छौ ।
घर,
आमाले मार्नुहोला नि ?
कसलाई ?
तिम्लाई
बचाउने तिमी छौ नि डाँक्टरनी !
हा हा हा ……… (दुवैजना हाँस्दै ।)
धरहरा पट्टि मोडियौं, रत्नपार्कमा कोही चरेस खाएर पल्टिरहेका थिए, कोही हरेस खाएर ढलिरहेका थिए । म भने धरहराको फेदमा सम्झनाको शरीरलाई सिरानी बनाएर लडिरहेको थिएँ ।