मुकुन्द सेन स्मृति कप अन्तरगत आज हुने खेलहरु

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन २२, २०८०

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका ५ सुनौलाबजारमा फगुन १९ गतेबाट सहिद मुकुन्द सेन स्मृति दोस्रो खुल्ला फुटबल प्रतियोगिता जारी छ ।

१० टिम सहभागी यस प्रतियोगिताको सेमिफाईनल पुग्न आज दुई खेल हुने छ भने दुई टिम सेमिफाईनल पुगि सकेका छन् । आज हुने खेलमा धादिङ फुटबल क्लवको सामना जलकेनी गुरुङ समाजले गर्ने छ भने अरुणदय युवा क्लव सिद्धलेकको सामना वाईसीएल नीलकण्ठले गर्ने छ ।

यस अघि भएको दुई खेलबाट आयोजक सेता र जन आवाज युवा क्लव माने सेमिफाईनल पुगि सकेका छन् ।

प्रतियोगिताका संयोजक लक्ष्मण रम्तेलका अनुसार यस प्रतियोगिताको प्रथम पुरस्कार १ लाख २१ हजार १११ हजार, द्वितिय पुरस्कार ६० हजार ५१२, उत्कृष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई ५–५ हजार पुरस्कार रहेको छ ।

यस अघि भएको पहिलो मुकुन्द सेन स्मृति खुल्ला फुटबल प्रतियोगिता ०७३ साल कार्तिक ५ देखि भएको थियो, युुवा ताथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले उद्घाटन तथा तात्कालिन वाईसिएल अध्यक्ष रामप्रसाद सापकोटा ‘दिपशिखा’ ले समापन गरेका थिए । उक्त प्रतियोगितामा धादिङ समाज धादिङ प्रथम हुँदै ४० हजार नगद जितेको थियो ।