शहिद मुकुन्दसेन स्मृति खुल्ला फुटवलको उपाधी धादिङ समाज धादिङलाई

Avatar photo
Dhadingpost
बुधबार, कार्तिक १०, २०७३

केशव सिंखडा,
धादिङ सुनौलाबजार कात्तिक १० । सुनौलाबजारमा जारी शहिद मुकुन्दसेन राज भण्डारी स्मृति खुल्ला फुटवल प्रतियोगिताको उपाधी धादिङ समाज धादिङले जितेकोे छ ।

कार्तिक ५ गते माननिय युुवा ताथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले उद्घाटन गर्नु भएको वाईसिएल धादिङद्वारा आयोजित खुुल्ला फुटबल प्रतियोगिता धादिङ समाज धादिङले मंगलबार भएको फाइनल खेल जितेको हो ।

फाईनल खेलमा धादिङ समाज धादिङले, १३ नम्बर ईलाका YCL मलेखुलाई १-० को गोल अन्तरले हराउदै विजयी भएको थियो ।
दोस्रो मलेखु युवा क्लब र तेस्रो पात्ले युवा क्लब भएका थिए ।

फुटबल प्रतियोगितामा प्रथम हुने क्लबलाई ४० हजार, द्धितियलाई २५ हजार तृतियलाई १५ हजार, ट्रफी, मेडल र पमाण पत्र वितरण गरिएको थियो ।

समापन कार्यक्रममा वाईसियल केन्द्रिय महासचिव राम प्रसाद सापकोटाको प्रमुख आतिथ्यता तथा नेकपा माओवादी केन्द्र धादिङका सह ईन्चार्ज राम बहादुर भण्डारीको बिशेष आतिथ्यता रहेको थियो ।