
जिल्ला विकाशको प्रमुख सम्भावना तथा अवसरहरु:
हिमालय देखि महाभारत सम्म फैलिएको नेपालको एक मात्र जिल्ला जसको आफ्नै प्रकारको विशिष्टता छ I राजधानीसित जोडिएको जिल्ला भएको कारण जिल्लाबाट उत्पादित कृषि उपज लगाएत अन्य उत्पादनहरुको ठुलो बजार काठमाण्डौ भएकोले यहाँको उत्पादनलाइ तेती बजारको समस्या छैन I जिल्लाको विधमान प्राकृतिक श्रोत, साधन जस्तै बालुवा
गिटी, ढुंगा लगायतको लागि समेत काठमाडौँ प्रमुख बजार I भगौलिक विविधता, उत्तर तिर जडीबुटी, मध्यटारमा कृषि, पर्यटन, पशुपालन, खानी तथा खनिज पदार्थहरु जिल्लका प्रमुख सम्भावनाहरु हुन् I
सम्बृद्ध धादिंगको ७ आधार/सम्भावनाहरु
१. जलबिद्युत र जलश्रोतको बहुक्षेत्रगत बिकाश : (जलबिद्युत तथा लघु जलबिद्युत सिंचाइ, मत्स्य पालन, जल पर्यटन)
२. पर्यटन: (कृषि पर्यटन, सहाशिक पर्यटन, पदयात्रा पयर्टन, जल पर्यटन, संस्कृतिक पर्यटन, ग्रामीण पर्यटन, धार्मिक पर्यटन)
३. कृषि: (फलफूलखेती, मौसमी तथा बेमौसमी तरकारी, खाद्यान्न बाली,
४. जडीबुटी: (धसिंगरे, चिराइंतो, पाँच औंले)
५. पशुपालन: (व्यवसायक भेंडा, च्यांग्रा, चौंरी पालन र चिज उत्पादन, बाख्रा पालन, भैसी पालन)
६. खानी तथा खनिज पदार्थ: (खानी तथा भूगर्भ विभागका अनुसार जिल्लाको बुढी गण्डकी रत्रिशुली नदीमा सुनको अवशेष भेटिएको छ I जोगीमाराको उत्कृष्ट चुनाढुंगा उद्योग I गणेश हिमालको जिंक, सिसा र जस्ता खानि
७. परम्परागत सिप र प्रविधिको बिकाश र विस्तार
१. जलबिद्युत र जलश्रोतको बहुक्षेत्रगत विकास (जलबिद्युत, सिंचाई, मत्स्यपालन, जलप्रयटन):
यो जिल्ला भएर बग्ने तिन ठुला नदीहरु त्रिशुली ( १०४.३ m3 /s) र यसका सहायक खोलाहरु , मलेखु खोला , मौवा खोला , आदम खोला बेल्खु खोला, महेस खोला , थोपाल खोला लगायत अन्य खोल्साहरू तेस्तै बुढी गण्डकी ( १००.२७ m3 /s) र यसको सहायक चार खोला, मानखोला , कास्ठेखोला, सुरगान्धी खोला र मस्ते खोला ,तेस्तै आन्खुखोला (५८.३८ m3/s) र यसका १० सहायक खोला पिन खोला, लिस्ने खोला, गस्ली खोला, बगुवा खोला , घटिया खोला , हँकंग खोला , आउल खोला, किन्तांग खोला, जसबाट जलबिद्युत, लघु जलबिद्युत, सिंचाई, मत्स्यपालन र जल प्रयटनको बिकाश गरि रोजगारीको अवसर सिर्जना गरि आर्थिक विकाशका नयाँ आयामहरुको ढोका खोल्न सकिन्छ I साथै बूढी गण्डकी र आंखुको करिडोरमा मत्स्यपालना र जल प्रयटनको रुपमा विकाश गरि आर्थिक विकाशमा मनग्य फाइदा लिन सकिन्छ I


२. पर्यटन (कृषि पर्यटन, सहाशिक, पर्यटन, पदयात्रा पयर्टन, जल, पर्यटन संस्कृतिक पर्यटन, ग्रामीण, पर्यटन, धार्मिक पर्यटन): पर्यटन विकासको दृष्टिकोणले, धादिंगमा प्रसस्तै सम्भावनाहरु छन् I धादिङ जिल्ला पर्यटनको हिसाबले सम्भावना बोकेको जिल्ला हो । त्रिशुली राफ्टिङ, गणेश हिमाल ट्रेकिङ, गुफा, झरना लगायतका पर्यटकिय क्षेत्रले धादिङको सुन्दरतालाई जोगाएको छ । धादिङको १ नम्बर क्षेत्र राफ्टिङ र भिलेज टुरको उच्च सम्भावना बोकेको छ भने २ नम्बर क्षेत्र छोटो हाइकिङ र कल्चरल टुर को अपार खानि हो । त्यस्तै माथिल्लो उत्तरि बेल्ट रुबीभ्याली ट्रेकिङ र साहसिक पर्यटनको रुपमा बिकसित हुन सक्छ । त्रिशुुली राफ्टिङ, सँगै बेनीघाट रोराङ्को नोहक गुफा अवलोकन, पाङसाङ पास, पाल्दोर पिक, मोतीदानाझै टल्किने गंङ्गाजमुना झरना, मुर्ती सारिरहने त्रिपुरा सुन्दरी, सिद्दलेक, नयाँ गन्तब्य नेत्र ताल, उच्च पर्यटकिय सम्भावना बोकेको सिद्द, चमेरे, गुप्तेस्वरि गुफाहरु, ज्वालामुखी डांडा, ढोला मन्डलीमाई, लोभैलाग्दो खाल्टे, सलाङ र राउते होम स्टे, ऐतिहासिक ज्याम्रुङ दरबार, अन्डा पाक्ने तातोपानी, सुनको घोडा देखिने गणेशकुन्ड, औसी र पुर्णिमामा रङ बदल्ने कालिसेतो दह र सिङ्लापास नील्कण्ठको भैरवी मन्दिर, सल्यानकोट, गंगजमुनामाई, त्रिपुरासुन्दरीमाई धादिङको पर्यटकिय आकर्षक गन्तव्य हुन् ।
३: कृषि ( फलफूलखेती, मौसमी तथा बेमौसमी तरकारी, खाद्यान्न बाली, पशुपालन): उच्च र चिसो हावापानी भएको, ठाउमा स्याउ खेती, मध्य पहाड र पहाडी, तटीय भेगमा फलफुल, तरकारी, बाख्रा पालन बेशीहरुमा खाद्यान्न, भैंसी, पालन, तरकारी खेती टारहरुमा लिफ्ट सिचाई गरि, दलन तेलन वाली उत्पादन गर्न सकिन्छ । राजधानी काठमाडौंसँग जोड्ने पृथ्वी राजमार्ग र त्रिभुवन राजपथसँग सिमाना जोडिएका धुनीबेसी देखि चरौंदी सम्मका आसपासका क्षेत्र कृषि पकेट क्षेत्र बन्न सक्छन् । जिल्लाको छत्रेदेराली, जीवनपुर, नौबिसे, थाक्रे, तर्सपु, केवलपुर, गोगनपानी र भुमेस्थान, बैरेनी, कल्लेरी खाल्टे, कुम्पुर, किराञ्चोक, पिडा, गजुरी, महादेवस्थान, बेनीघाट, सलाङ, धुषा र जोगिमारासमेतलाई पकेट क्षेत्रका रूपमा विशेष योजना बनाई कृषि पकेट क्षेत्रको रुपमा घोषणा गर्न विलम्ब गर्न हुन्न ।
४. जडीबुटी (धसिंगरे, चिराइंतो, पाँच औंले): आर्थिक सम्भावनाको दृष्टिकोणले अर्को महत्व पूर्ण सहक्षेत्र भनेको जडिबुटी हो I
जिल्लाको उत्तरी भागमा उच्च हिलामी भूभाग भएकोले जडीबुटी उत्पादनको लागि उपयुक्त हावापानीको छ I जसलाई व्यवसायिकरण गर्ने र उत्पादनलाई अभियानको रुपमा लैजाने I उत्तरी धादिङ जडीबुटीले भरिपूर्ण छ । त्यसलाई केहि सहकारीहरुले प्रवद्र्धन गर्न खोजि रहेको भएपनि प्रयाप्त हुन सकि रहेको छैन सामुदायीक वनहरुमा जडीबुटी खेती तर्फ ध्यानदिन सजरुरी छ ।
५. पशुपालनमा (व्यवसायक भेंडा, च्यांग्रा, चौंरी चिज उत्पादन, बाख्रा पालन, भैसी पालना ): पशुपालनको दृस्टीकोणबाट
धादिंग जिल्ला प्रचुर सम्भावना बोकेको जिल्ला हो I जिल्लाको उच्च पहाडी र चिसो हावापानी भएको माथिल्लो भूभागमा
भेंडा, च्यांग्रा चौंरी तल्लो तटीय भूभागमा, बाख्रा, भैसी.
६. खानी तथा खनिज पदार्थ खानी तथा भूगर्भ विभागका अनुसार जिल्लाको बुढी गण्डकी र त्रिशुली नदीमा सुनको अवशेष
भेटिएको छ I जोगीमाराको उत्कृष्ट चुना ढुंगा उद्योग I खानी तथा भूगर्भ विभागका अनुसार जिल्लाको धुसामा तामा खानि भएको अनुमान छ I त्रिशुली नदीमा सुनको अवसेस भेटिएको छ I गणेश हिमालमा जिंक, सिसा खानी भएको र भूगर्भ विभागका अनुसार उक्त हिमालमा चाँदीको भण्डारणको भएको अनुमान छ I
७. परम्परागत सिपको विकासमा र उत्पादनको बजारीकरण:
स्थानीय सिप र प्रबिधिको विकाश तथा विस्तार गरेर यो क्षेत्रको विकाशमा योगदान दिन सकिन्छ I यो क्षेत्रको उत्तरी भेगमा परम्परागत रुपमा उत्पादन हुने निगालो र बेत बाँसको व्यबशायिक खेति गरि नाग्लो, डालो चय, भकारी जस्ता परम्परा स्थानीय घरेलु उत्पादनको वृद्धि गरि बजारीकरणमा टेवा पुग्ने देखिन्छ I सामान्य रुपमा प्रयोग हुने बेंत बाँसका सामग्रीलाई बिस्तृत रुपमा प्रयोगमा ल्याउन प्रोत्साहन गर्ने किनकि बेंत बाँसका उद्योगहरु बाताबरण मैत्री भएकोले कार्बन उत्सर्ग गर्दैन I बातावरण सन्तुलन कायम गर्न भूमिका खेल्छ I

धन्यवाद !!