नमुना विद्यालयलाई वार्षिक डेढ करोडसम्म बजेट

Avatar photo
Dhadingpost
सोमवार, बैशाख १७, २०८१

काठमाडौं । ‘नमुना विद्यालय’हरूलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वार्षिक रूपमा डेढ करोडसम्म बजेट दिने गर्छ । सोही कारण सामुदायिक विद्यालयहरू आफूलाई ‘नमुना विद्यालय’मा सूचीकृत गर्न जोडबल गर्छन् ।

सरकारले ०७४ देखि ०७९ सम्ममा देशभरबाट चार सय २२ विद्यालयलाई नमुना घोषणा गर्दा ०८० मा भने नमुनाको सूचीमा कुनै विद्यालय थपिएनन् । नमुनामा परेका सबै विद्यालयले पाँच वर्षदेखि बजेट पाइरहेका छन् ।

देशभरका २७ हजार नौ सय ९० सामुदायिक विद्यालयमध्ये धादिङका ११ वटा विद्यालयहरु नमुना विद्यालयमा परेका छन् । धादिङको सदरमुकाम स्थित नीलकण्ठ माविको नाम अहिले मर्ज पश्चात नीलकण्ठ बालमन्दिर राख्ने प्रस्ताव गरिएको छ ।

धादिङमा ११ वटा छन् नमुना विद्यालय
१. नीलकण्ठ माध्यामिक विद्यालय, नीलकण्ठ
२. चन्द्रोदय मावि विशालटार, बेनीघाट रोराङ
३. मण्डली मावि, गंगाजमुना
४. रानीपौवा मावि सल्यानटार, त्रिपुरासुन्दरी
५. सत्यवती मावि आदमटार, सिद्धलेक
६. बागेश्वरी मावि, गल्छी
७. आदर्श मावि, गजुरी
८. कार्की गाउँ मावि, त्रिपुरासुन्दरी
९. निरन्जना मावि मार्पाक, नेत्रावती डवजोङ
१०. जनजागृती मावि, थाँक्रे
११. जनकल्याण मावि, गल्छी