एड्भान्स एकेडेमीको १९ औं स्थापना दिवसमा विविध कार्यक्रम

Avatar photo
Dhadingpost
सोमवार, बैशाख १७, २०८१

धादिङ । धादिङबेसी सदरमुकाममा रहेको एड्भान्स एकेडेमीले विभिन्न कार्यक्रमको आयोजना गरि आफ्नो १९ औं स्थापना दिवस मनाएको छ । २०६३ साल बैशाख १७ गतेबाट सुरु भएको एड्भान्स एकेडेमीको शैक्षिक यात्र आज १८ औं वर्ष पूरा गरी १९ औं वर्षारम्भ भएको अवसरमा विभिन्न कार्यक्रमहरु गरिएको प्रिन्सिपल भिमबहादुर श्रेष्ठले जानकारी दिए ।

वार्षिक उत्सवको अवसरमा आयोजित विभिन्न कार्यक्रमका विजयीहरुलाई विद्यालयका सञ्चालक समितिका अध्ययक्ष श्री अर्जुनकुमार श्रेष्ठ ‘गोर्खाली’ ले पुरस्कार वितरण गरेका थिए । कक्षा प्ले ग्रुप र नर्सरीलाई मनोरञ्जनात्मक खेलकुद कार्यक्रम गरी मनाइयो साथै कक्षा एल.के.जी , यू.के.जी. मा रङ्ग भर प्रतियोगिता , कक्षा १ मा बेलुन फाइट , कक्षा २ देखि ५ सम्म हस्तलेखन प्रतियोगिता , कक्षा ६ , ७ मा चित्रकला प्रतियोगिता , कक्षा ८ , १० मा निबन्ध प्रतियोगिता र कक्षा ९ मा Essay Writing Competition सञ्चालन गरिएको थियो ।

पुरस्कृत विद्यार्थीको सूची
LKG ( Danfe) Colouring
Mahir Shrestha First, Aahana Tamang second, Rumisha Gurung Third
LKG ( Mayur) Colouring
Aashish Tamang First, Bulbul Gurung second, Prashanna Shrestha Third
UKG( Moon) Colouring
Anushka Shrestha First, Kristina Shah second, Siryashi Shrestha Third
UKG( Sun) Colouring
Sapan Silwal First, Manju Aryal second, Yujesh Lamichhane Third
Class 1 Balloon fight
Sima Bhatta First, Sweta Shrestha second, Sujina Tamang Third
Class 2 Handwriting
Rich Tamang First, Meghan Adhikari second, Ridima Nepali Third
Class 3 Handwriting
Smarika Shrestha First, Jeshika Danai second, Krishal Khadka Third
Class 4 Handwriting
Sameer Magar First, Dipson Bhattachan second, Aagya Shai Third
Class 5 Handwriting
Rachana Jamkatel First, Susmita Gurung second, Roshani Tamang Third
Class 6 Drawing
Jonash Ale Magar First, Prashna Thapa Magar second, Samir Shrestha Third
Class 7 Drawing
Ancika Gurung First, Grishma Shrestha second, Kushal Gurung Third
Class 8 Nepali Essay
Kritika Shrestha First, Khusi Rana Magar second, Jenisha Ghale Third, Shanti Tamang Third
Class 9 Essay
Roman Shrestha First, Jenisha Rana Magar second, Sangam Lamsal Third, Nita Bhatta Third
Class 10 Essay
Gungun Shrestha ‘Gorkhali’ First, Deepika Ale Magar second, Amrit Gurchhan Magar Third

कार्यक्रममा प्रिन्सिपल श्रेष्ठले एड्भान्स एकेडेमीलाई शैक्षिक क्षेत्रको एक महत्वपूर्ण धरोहरको रुपमा स्थापित गराउन विगतमा अहोरात्रको रुपमा स्थापित गराउन अतुलनीय योगदान पुर्याने सबैलाई धन्यावाद ज्ञापन गरेका थिए ।