यू-१९ भलिबलः नेपाल फाईनल प्रवेस

Avatar photo
Dhadingpost
सोमवार, बैशाख १७, २०८१

धादिङ । खेलकुद मैत्री शिक्षण सिकाईका कारण धादिङबेसी स्थित एड्भास एकेडेमीमा एसईई ससम्म अध्ययन गर्दै भलिबल सिकेका इज्जत दनै यतिबेला बङ्गलादेशको राजधानी ढाकामा यू-१९ भलिबल प्रतियोगिता खेलि रहेका छन् ।

आमन्त्रित अन्तर्राष्ट्रिय भलिबल यू–१९ प्रतियोगितामा उनी सहभागी नेपाली टोली बंगलादेशको (बी) टिम लाई ३-० को सोझो सेटमा (२५-१६ ,२५-२१ ,२५-२१) पराजित गर्दै फाइनल प्रवेश गरेको छ ।

जारी यस प्रतियोगितामा नेपाली टाेलीकाे यसअघि माल्दिभ्सलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको थियो । नेपाली टाेलीमा खेलाडी तर्फ इज्जत दनै, सुरेश मल्ल, यज्ञराज जोशी, अबिशेक थापा, पुष्कल थापा, दिपेन थापा, पहल गहतराज, राजकुमार रोकाया, सुनिल बोहरा, शशि पुलामी मगर र भुवन तामाङ रहेका छन् ।

त्यसैगरि टिम व्यवस्थापनमा उत्सव खड्का प्रशिक्षक, जनक बहादुर खड्का सहायक प्रशिक्षक र दीपक थापा म्यानेजर रहेका छन् । खेलाडीहरूलाई सरकारी निकायबाट आर्थिक व्यवस्थापन नभएको बताईएको छ ।