धादिङका बाबुराम तामाङसहित दुई जना माइक्रोबस चोरीको आरोपमा पक्राउ

Avatar photo
Dhadingpost
मंसिर ७, २०८३

धादिङ । धादिङको गल्छी गाउँपालिका–६ घर भई हाल काठमाडौंको कलंकी बस्दै आएका ३७ वर्षीय बाबुराम तामाङ माइक्रोबस चोरीको आरोपमा पक्राउ परेका छन् । उनीसँगै सिन्धुलीको लखनपुर घर भई हाल काठमाडौंको स्वयम्भू बस्ने १८ वर्षीय विशाल लामा पनि पक्राउ परेका छन् ।

काठमाडौंको नागार्जुन नगरपालिका–४ बाफलमा पार्किङ गरेर राखिएको बा १ ज ९८०५ नम्बरको माइक्रोबस गत कात्तिक २९ गते साँझ हराएको थियो ।

माइक्रोबस हराएको सूचनापछि प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा मंसिर २ गते कलंकीमा उक्त माइक्रोबस फेला पारेको थियो ।

माइक्रोबस चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले शनिबार स्वयम्भूस्थित बुद्ध पार्कबाट दुवै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।