
धादिङ । धादिङको गजुरी गाउँपालिकाले आयोजना गरेको गाउँपालिका स्तरीय वकृत्वकला प्रतियोगितामा छात्रातर्फ सरस्वती बस्नेत र छात्रतर्फ नवीन धिताल प्रथम भएका छन् ।
गाउँपालिकाको स्रोत केन्द्र भवनमा बिहीबार (मंसिर ३ गते) सम्पन्न कक्षा ९ देखि १२ सम्मका विद्यार्थीस्तरीय प्रतियोगितामा महेन्द्रोदय माध्यमिक विद्यालयकी सरस्वती बस्नेत छात्रातर्फ प्रथम भएकी हुन् । त्यस्तै, आदर्श माध्यमिक विद्यालयका नवीन धिताल छात्रतर्फ प्रथम भएका छन् ।
प्रतियोगितामा छात्रतर्फ डोलभन्ज्याङ माध्यमिक विद्यालयका इशान सुवेदी द्वितीय, महेन्द्रोदय माध्यमिक विद्यालयका समिर चेपाङ तृतीय र मुनाल एकेडेमीका समर्पण पुलामी मगर सान्त्वना भएका छन् ।
त्यसैगरी, छात्रातर्फ मुनाल एकेडेमीकी अपेक्षा सिलवाल द्वितीय, भानुभक्त माध्यमिक विद्यालयकी रोलिका सुवेदी तृतीय र आदर्श माध्यमिक विद्यालयकी आयुषा भण्डारी सान्त्वना भएकी छन् ।
गजुरी गाउँपालिकाको आयोजनामा भएको प्रतियोगितामा गाउँपालिकाभित्रका विभिन्न विद्यालयका कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरूले सहभागिता जनाएका थिए ।

