
धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका स्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८३ आगामी मंसिर १० देखि १२ गतेसम्म सञ्चालन हुने भएको छ ।
चन्द्रोदय माध्यमिक विद्यालय विशालटारमा आयोजना हुने प्रतियोगिता यसअघि कार्तिक १५ गतेदेखि सञ्चालन गर्ने तय गरिएको थियो । प्रतियोगिताको मिति परिवर्तन गरी मंसिर १० देखि १२ गतेसम्म सञ्चालन गर्ने निर्णय गरिएको हो ।
गत वर्ष सम्पन्न पालिकास्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा हर्कपुर माध्यमिक विद्यालयले १० स्वर्ण पदकसहित उपाधि जितेको थियो । त्यसैगरी छैटौँ संस्करणको प्रतियोगितामा पनि हर्कपुर माध्यमिक विद्यालय १५ स्वर्ण पदकसहित विजेता बनेको थियो । पाँचौं संस्करणको विजेता भने चन्द्रोदय माविले फर्जि खेलाडी खेलाएको उजुरी परेपछि ७ स्वर्णमा मा समेटिदा बागेश्वरी मावि ८ स्वर्ण सहित विजयी बनेको थियो ।
यस वर्षको आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीबीच खेलकुद प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।

