
धादिङ । नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयमा राष्ट्रिय विज्ञान दिवसको अवसरमा आयोजित विज्ञान प्रदर्शनीको नतिजा सार्वजनिक गरिएको छ। प्रदर्शनीमा ईसीडीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरूले तहगत समूहमा सहभागी भई विभिन्न सृजनात्मक तथा वैज्ञानिक आयोजना (प्रोजेक्ट) प्रदर्शन गरेका थिए ।
विद्यालयका शिक्षक दिपेन्द्र रिजालका अनुसार प्रदर्शनीको ईसीडी–एलकेजी तहमा ‘आर्ट एण्ड क्राफ्ट’तर्फ रुसिया ठाकुर प्रथम भएकी छन् । प्रज्वल घले द्वितीय, जोसेफ तामाङ तृतीय र अञ्जिता तामाङ सान्त्वना भएका छन् ।
कक्षा १–३ तहमा सोनु आलमको ‘कम्प्युटर’ प्रोजेक्ट प्रथम भएको छ । उषा तामाङको ‘क्ले आर्ट’ द्वितीय र सबिना शाक्यको ‘हाउस’ प्रोजेक्ट तृतीय भएको छ ।
कक्षा ४–५ तहमा उकेन छिडाल, क्रिस तामाङ र थोमन मगरको समूहले प्रस्तुत गरेको ‘म्याजिक गेम’ प्रथम भएको छ । लक्ष्मी बि.क.को ‘मोडेल अफ रकेट’ द्वितीय, सुबाश बन्जाराको ‘सोलार हाउस’ तृतीय र निशान प्रजा, संयोग रिमाल, एब्रोन तामाङ, सन्दिप थापा र प्रबेश बानियाँको ‘मोडेल अफ फिल्टर’ सान्त्वना भएको छ ।
कक्षा ६–७ तहमा मौसमी तामाङ, सुनिता शाक्य, प्रिन्सु न्यौपाने र अञ्जल्स श्रेष्ठको समूहले प्रस्तुत गरेको ‘अर्थ बिफोर एण्ड आफ्टर’ २४९ अङ्कसहित प्रथम भएको छ । श्रीञ्जली पण्डित र आशिका उपाध्यायको ‘कन्सेप्ट अफ स्मार्ट सिटी’ २४७ अङ्कसहित द्वितीय तथा अर्पना नेपाली, कुसुम, सन्ध्या, अनुष्का र सोफियाको ‘ग्लोबल वार्मिङ डेमन्स्ट्रेशन’ २३७ अङ्कसहित तृतीय भएको छ ।
यसै तहमा रोनिश श्रेष्ठ, सुमन गुभाजु, सङ्गम श्रेष्ठ र सुमित श्रेष्ठको ‘सोलार कार’ तथा रमण श्रेष्ठ, सोनाम र मनोज तामाङको ‘वाटर प्युरिफिकेशन सिस्टम’ समान २३१ अङ्कसहित संयुक्त सान्त्वना भएका छन् ।
कक्षा ८–१० तहमा ईशा थापा, बिग्या श्रेष्ठ, स्वीकृति श्रेष्ठ, रोशनी तामाङ र रोनिशा श्रेष्ठको समूहले प्रस्तुत गरेको ‘सस्टेनेबल इन्फ्रास्ट्रक्चर’ २६२ अङ्कसहित प्रथम भएको छ । अंशिका गुरुङ, ऋषिका सिलवाल र क्रिबिपा श्रेष्ठको ‘फ्युचर नेपाल’ २६० अङ्कसहित द्वितीय तथा रोशन श्रेष्ठ र अनिश तामाङको ‘स्मार्ट क्यान’ २५५ अङ्कसहित तृतीय भएको छ ।
यस तहमा सम्राट श्रेष्ठ, मनोज थापा, कुशल श्रेष्ठ, सौरभ सिम्खडा र रिदम कोइरालाको ‘स्मार्ट सस्टेनेन्ट’ २५२ अङ्कसहित तथा अमोश घले, बिराज तामाङ, दिपेश तामाङ, साइमन तामाङ र साजन घलेको ‘मङ्की गन’ २५० अङ्कसहित सान्त्वना भएका छन् ।
कक्षा ११–१२ तहमा राजीव श्रेष्ठ, शिव पौडेल, लिया श्रेष्ठ, अस्मिता श्रेष्ठ र पुरुषोत्तम दाहालको समूहले प्रस्तुत गरेको ‘अटोनोमस फ्लड-रिलीफियन्ट कम्युनिटी’ प्रथम भएको छ । हिमाल केसी, सन्दीप श्रेष्ठ, बिपिन कँडेल, रोजित श्रेष्ठ र विष्णु श्रेष्ठको ‘फ्लड पोजिसन’ द्वितीय तथा प्रशंसा गुरुङ, रुष्मा रिजाल, नम्रता घले, प्रिया तामाङ र सुष्मा श्रेष्ठको ‘अर्बन फ्लड म्यानेजमेन्ट मोडेल एण्ड एयर प्युरिफायर’ तृतीय भएको छ ।
विद्यालयका अनुसार विद्यार्थीहरूमा रहेको वैज्ञानिक प्रतिभा, खोजी प्रवृत्ति तथा प्रविधिको विकासमा प्रोत्साहन गर्ने उद्देश्यले विज्ञान प्रदर्शनी आयोजना गरिएको हो। प्रदर्शनीले विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा सीमित ज्ञानभन्दा बाहिर गएर आफ्ना सिर्जनात्मक सोच, प्रयोगात्मक क्षमता र वैज्ञानिक अवधारणालाई प्रोजेक्टमार्फत प्रस्तुत गर्ने अवसर दिएको विद्यालयले जनाएको छ ।
विद्यालयले विज्ञान प्रदर्शनीमा उत्कृष्ट हुने सबै विद्यार्थी तथा समूहलाई बधाई दिँदै उनीहरूको आगामी शैक्षिक तथा वैज्ञानिक यात्राका लागि शुभकामना व्यक्त गरेको छ । साथै सहभागी सबै विद्यार्थीको सिर्जनात्मक प्रयास र सहभागिताको सम्मान गरेको जनाएको छ ।
