नीलकण्ठ काउलेबाट गएराति चारवटा थारा भैँसी चोरी

Avatar photo
Dhadingpost
अशोज १९, २०८३

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका १ काउलेबाट गएराति चारवटा थारा भैँसी चोरी भएको छ ।

स्थानीयका अनुसार सोमबार राति करिब ११ः३० बजेको समयमा सुशिल तामाङ, सन्तबहादुर तामाङ र गम्भिर तामाङका फरक–फरक गोठबाट चारवटा थारा भैँसी चोरी भएका हुन् ।

प्रकाश माध्यमिक विद्यालयका प्रधानाध्यापक शंकर अधिकारीका अनुसार चारवटा भैँसी गाडीमा हालेर तारुका हुँदै गल्छीतर्फ लगिएको आशंका गरिएको छ । रातिको समयमा फरक–फरक गोठबाट भैँसी चोरी भएकाले योजनाबद्ध रूपमा चोरी भएको हुनसक्ने स्थानीयको आशंका छ ।

अधिकारीका अनुसार यसअघि पनि काउले आसपासको क्षेत्रमा भैँसी चोरीको प्रयास भएको थियो । गत वर्ष तीनवटा भैँसी चोरी गर्ने प्रयास भएकोमा एउटा भैँसी फुत्किएर भागेको र दुईवटा भैँसी भने गाडीमा हालेर लगिएको उनले बताए । तस्वीर एआईबाट निर्मित