छैटौँ कुपा कप असोज ३० देखि, प्रथम पुरस्कार १ लाख ३ हजार ३३३ रुपैयाँ

Avatar photo
Dhadingpost
अशोज २, २०८३

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–१४ कुपामा छैटौँ ७A साइड खुला नकआउट फुटबल प्रतियोगिता ‘कुपा कप’ तथा मिनी–म्याराथन आयोजना हुने भएको छ ।

विजयादशमी २०८३ को अवसरमा कुपा युवा समाजको आयोजनामा हुने प्रतियोगिता असोज ३० गतेदेखि कात्तिक ८ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताबाट संकलित रकमको केही हिस्सा भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित परिवारको राहतका लागि सहयोग गर्ने आयोजकले जनाएको छ ।

फुटबलतर्फ प्रतियोगिताको विजेताले नगद १ लाख ३ हजार ३३३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

उपविजेताले ५५ हजार ५५५ रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउनेछ भने सेमिफाइनलमा पुग्ने दुई टिमले जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागी हुन टिम दर्ता शुल्क ९ हजार रुपैयाँ तोकिएको छ ।

त्यस्तै, मिनी–म्याराथनतर्फ प्रथम हुने खेलाडीले २४ हजार रुपैयाँ, मेडल र सम्मानपत्र तथा दोस्रो हुनेले १२ हजार रुपैयाँ, मेडल र सम्मानपत्र प्राप्त गर्नेछन् । तेस्रो र चौथो हुने खेलाडीलाई मेडल तथा सम्मानपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताका लागि टिम दर्ता असोज १५ गतेदेखि २७ गतेसम्म गर्न सकिनेछ । खेल तालिका (टाइ–सिट) असोज २८ गते प्रकाशन गरिनेछ । फुटबल प्रतियोगिता असोज ३० गतेदेखि कात्तिक ८ गतेसम्म सञ्चालन हुनेछ भने मिनी–म्याराथन कात्तिक ८ गते समापनका दिन आयोजना गरिनेछ ।

कुपा युवा समाजले भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बाढीपीडितलाई सहयोग गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको छ ।

टिम दर्ताका लागि ९८१०२०१८८९ र ९८६१३१७०९२ मा सम्पर्क गर्न सकिने जनाईएकाे छ ।

गत संस्करणका नतिजा