यसरी जित्यो पोर्चुगलले युरोकपको उपाधि (फोटोफिचर)

Avatar photo
Dhadingpost
असार २७, २०७३

धादिङ असार २७
1
आयोजक फ्रान्सलाई हराउँदै पोर्चुगलले पहिलो पटक युरोकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

2

फ्रान्सको पेरिसस्थित राष्ट्रिय रंगशालामा गएराति भएको फाईनल खेलमा घरेलु टोलीलाई अतिरिक्त समयमा १–० ले हराँउदै पोर्चुगलले उपाधि हात पारेको हो ।
3

खेलको पहिलो हाफमै पोर्चुगलका क्रिश्चियानो रोनल्डो घाईते भई मैदान छोडेपछि टोली दबाबमा आएको थियो ।
4
तर पनि घरेलु मैदान र समर्थकको दबाब झेल्दै पोर्चुगलले निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा पुर्‍यायो ।
5

यसपछि थपिएको ३० मिनेटमा पोर्चुगलले एक गोल गर्‍यो । अतिरिक्त समयको १९ औं मिनेटमा पोर्चुगलका लागि सब्सटिच्युट खेलाडी ईडरले एक गोल गरे ।
6
बाँकी समयमा फ्रान्सका खेलाडीहरुले केही अवसर सिर्जना गरे पनि गोलमा बदल्न नसक्दा खेल पोर्चुगलले १–० ले जित्यो ।
7
यो जितसँगै पोर्चुगलले पहिलो पटक कुनै पनि मेजर फुटबल प्रतियोगिताको उपाधि सुरक्षित गरेको छ ।
8

9

यसअघि सन् २००४ मा आफ्नै राष्ट्रमा भएको युरोकप फुटबलको फाईनलमा ग्रिससँग हारेको पोर्चुगलले यसपटक त्यो गल्ति दोहोर्‍याएन ।
10
एजेन्सीको सहयोगमा