कोलोराडोमा नेपालीको सांस्कृतिक धमाका: धर्मेन्द्र सेवानको प्रस्तुतीमा नयाँ वर्ष २०८३ भव्य रूपमा मनाइयो

Avatar photo
Dhadingpost
चैत्र ३०, २०८२

नातिबाबु भट्ट
कोलोराडो, अमेरिका |
कोलोराडोस्थित नेपालीभाषी समुदायले नयाँ वर्ष २०८३ को अवसरमा भव्य शुभकामना आदान–प्रदान तथा सांस्कृतिक साँझ कार्यक्रम आयोजना गरेका छन्। Rocky Mountain Friends of Nepal द्वारा आयोजित उक्त कार्यक्रममा लोकगायक Dharmendra Sewan को विशेष प्रस्तुति प्रमुख आकर्षण बनेको थियो।

शनिबार साँझ नेपाली सांस्कृतिक केन्द्र “नेपाली घर” मा सम्पन्न कार्यक्रममा कोलोराडोमा बसोबास गर्ने नेपालीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरू परम्परागत पोशाक दौरा–सुरुवाल, ढाका टोपी, गुन्यू–चोली तथा विभिन्न जातीय भेषभूषामा सजिएर उपस्थित भएका थिए, जसले कार्यक्रमलाई अझ सांस्कृतिक र जीवन्त बनाएको थियो।

कार्यक्रमको उद्घाटन नेपाल र अमेरिकाको राष्ट्रिय गानबाट गरिएको थियो। संस्थाका पूर्व अध्यक्ष Binod Tripathi, विशेष अतिथि Tika Poudel र Padam Bishwakarma ले संयुक्त रूपमा पानसमा बत्ती बालेर कार्यक्रम उद्घाटन गरेका थिए। संस्थाकी अध्यक्ष Aakriti Rai ले स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्य प्रस्ट्याएकी थिइन्।

कार्यक्रमकै अवसरमा संस्थाका युथ कोर्डिनेटर Bishnu Bibek द्वारा लिखित पुस्तक “घाट गाउँ” को विमोचन गरिएको थियो। पुस्तकको समीक्षा Padam Bishwakarma र Arjun Bagale ले गरेका थिए।

दोस्रो चरणमा आयोजित सांगीतिक कार्यक्रममा स्थानीय बाल कलाकारहरूले लोक, आधुनिक तथा देशभक्तिपूर्ण गीतमा नृत्य प्रस्तुत गरेका थिए। प्रमुख आकर्षणका रूपमा लोकगायक Dharmendra Sewan ले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्दै दर्शकलाई भरपुर मनोरञ्जन दिएका थिए।

त्यसैगरी गायिका Samjhana Pandey, गायक Raniraj Mainali तथा Jayaram Lamichhane लगायत कलाकारहरूले सुमधुर प्रस्तुति दिएका थिए। कार्यक्रममा सहभागी कलाकारहरू तथा सहयोगी दाताहरूलाई सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो।

कार्यक्रम Aakriti Rai को सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन कल्चर सेक्रेटरी रेखा धौराली र युथ कोर्डिनेटर Bishnu Bibek ले संयुक्त रूपमा गरेका थिए।

कार्यक्रममा कोलोराडोमा सक्रिय विभिन्न संघ–संस्थाका प्रतिनिधि, बुद्धिजीवी, व्यवसायी, समाजसेवी, कलाकार, पत्रकार तथा नेपालीभाषी समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।

नेपाली पहिचान, भाषा, संस्कृति र परम्परालाई प्रवासमा जगेर्ना गर्ने उद्देश्यसहित संस्थाले विगतदेखि नै दशैं–तिहार, नेपाल डे परेड, नयाँ वर्ष, समर पिकनिक लगायत विविध कार्यक्रमहरू नियमित रूपमा आयोजना गर्दै आएको जनाएको छ।

छ।