बेल्जियममा नेपाली व्यवसायीहरूलाई एकताबद्ध बनाउन NEBAB को सदस्यता अभियान सुरु

Avatar photo
Dhadingpost
चैत्र १५, २०८२

बेल्जियम । बेल्जियमस्थित नेपाली व्यवसायी संघ (NEBAB) ले आगामी कार्यकालका लागि नयाँ सदस्यता अभियान सुरु गरेको छ । संघले बेल्जियममा व्यवसाय गर्दै आएका सम्पूर्ण नेपाली व्यवसायीहरूलाई एउटै सशक्त प्लेटफर्ममा जोड्ने उद्देश्यसहित अभियानलाई सक्रिय रूपमा अगाडि बढाएको जनाएको छ ।

संघका उपाध्यक्ष कासी दनैका अनुसार, सदस्यता विस्तार अभियानमार्फत बेल्जियमभर रहेका नेपाली व्यवसायीहरूलाई संगठित गर्दै आपसी सहकार्य र व्यवसायिक सुदृढीकरणमा जोड दिइनेछ । उनले संघमा आबद्ध भएपछि व्यवसायीहरूले विभिन्न सेवा तथा अवसरहरू प्राप्त गर्ने बताए ।

सदस्यताबाट प्राप्त हुने प्रमुख लाभहरू:

  • व्यवसायसम्बन्धी परामर्श तथा मार्गदर्शन
  • समस्या पर्दा सहयोग र सहकार्य
  • तालिम, कार्यशाला तथा गोष्ठीहरूमा सहभागिता
  • अन्य व्यवसायीहरूसँग नेटवर्किङको अवसर
  • संयुक्त खरिद (collective purchasing) का लागि सहकार्य
  • समय–समयमा जानकारीमूलक कार्यक्रमहरू

संघले आफ्नो उद्देश्य केवल सदस्य संख्या बढाउनु मात्र नभई बेल्जियममा रहेका नेपाली व्यवसायीहरूलाई सशक्त बनाउने र आपसी सहयोगलाई अझ मजबुत बनाउने रहेको स्पष्ट पारेको छ ।

साथै, यस अभियानमार्फत बेल्जियममा रहेका नेपाली व्यवसायीहरूको तथ्यांक संकलन गर्ने महत्वपूर्ण पहलसमेत गरिएको जनाइएको छ ।

संघले बेल्जियमको जुनसुकै क्षेत्रमा व्यवसाय गरिरहेका नेपालीहरूलाई नयाँ सदस्यता लिन वा पुरानो सदस्यता नवीकरण गर्न आग्रह गरेको छ ।

सदस्यता लिनका लागि:
https://members.nebab.be/member/register⁠
समुदायको सशक्तिकरण र व्यवसायिक उन्नतिका लागि यस अभियानमा सहभागी हुन संघले सबैलाई आह्वान गरेको छ ।