एमालेको समानुपातिकतर्फ धादिङबाट दुई जना सांसद बने

Avatar photo
Dhadingpost
फाल्गुन ३०, २०८२

धादिङ । नेकपा (एमाले) को सचिवालय बैठकले प्रतिनिधि सभाको समानुपातिकतर्फ पठाइने उम्मेदवारहरूको नाम टुंगो लगाएसँगै धादिङबाट दुई जना सांसद बनेका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको बैठकले समानुपातिक सूचीबाट पठाइने नाम अन्तिम रूप दिँदा धादिङबाट डा. पुष्प कडेलगंगादेवी श्रेष्ठ प्रतिनिधि सभा सदस्य बन्न सफल भएका हुन् ।

धादिङबाट शिक्षक नेता लक्ष्मण शर्माको नाम पनि एमालेको बन्दसूचीमा रहे पनि यसपटक समानुपातिक सांसद बन्न सकेनन् ।

प्रतिनिधि सभाको समानुपातिकतर्फ एमालेले १६ सिट प्राप्त गरेको छ। सोही सिट संख्याअनुसार पार्टीले नाम टुंगो लगाएर निर्वाचन आयोगमा पठाउने तयारी गरेको जनाएको छ ।