
धादिङ । नेकपा एमाले धादिङका नेता उत्तम अधिकारी पुनः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा फर्किएका छन्।
नेपाली सेनाकाको जागिरबाट अवकास लिए सँगै एमालेमा सक्रिय अधिकारी २०७९ को स्थानीय तह निर्वाचनमा एमालेले नेत्रावती डबजोङ गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवार नबनाएपछि उनी २०८० जेठमा रास्वपामा प्रवेश गर्दै धादिङ क्षेत्र नं. २ को क्षेत्रीय सभापति बनेका थिए।
तर सो पदमा लामो समय टिक्न नसकेका अधिकारी २०८० जेठ ४ गते पुनः एमाले फर्किएर राजनीतिक गतिविधिमा सक्रिय भएका थिए।
यसबीच बिहीबार माघ १६ गते काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अधिकारीसहितको टोली पुनः रास्वपामा प्रवेश गरेको हो। कार्यक्रममा रास्वपाका शीर्ष नेताहरूले अधिकारी र उनको समूहलाई पार्टीमा स्वागत गरेका थिए।
धादिङ जिल्लामा सञ्चालित एक मात्र टेलिभिजन ‘दिव्यदर्शन टेलिभिजन’ का सञ्चालकसमेत रहेका अधिकारीको पुनः रास्वपामा प्रवेशलाई जिल्लाको राजनीतिमा चासोका साथ हेरिएको छ।
उनको पुनरागमनले धादिङ–२ क्षेत्रमा रास्वपाको संगठन सुदृढ हुने अपेक्षा गरिएको पार्टी नेताहरूले बताएका छन्।
