धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी धादिङको संघीय क्षेत्र स्तरीय कमिटि डिजिटल डिमोक्रेसी अनुसार मतदान मार्फत गठन भएको छ । २ जना महिला सहित ५ जनाको क्षेत्रिय कमिटीको लागि भएको निर्वाचनमा धादिङ १ मा १० जनाको पुरुषको मात्रै उम्मेदवार परेको थियो धेरैमत पाउने क्रम अनुसार पुरुष तर्फ ३ जना विजयी भए, भने धादिङ २ मा ४ पुरुष र १ जना महिलाको मात्रै उम्मेदवारी परेको थियो ।
धादिङ १ मा श्रवणकुमार त्रिपाठी ९३ मत, अनुप रुपाखेती ८३ मत र चन्द्रबहादुर थिङ तामाङ ८३ मत ल्याउँदै निर्वाचित भए महिलाको कोटा उम्मदवारी नपरेपछि खाली नै रहेको बताईएको छ ।
यस्तै धादिङ २ मा ज्वालामुखी ४ का श्रीराम आचार्य ५७ मत, उत्तम अधिकारी ४५ मत, रविन्द्र बुर्लाकोटी ४० मत र महिला तर्फ १ मात्रै उम्मेदवार परेको मा कल्पना रोक्का ३९ मत ल्याउँदै विजयी बने । यस क्षेत्रमा पनि महिलाको एउटा कोटा उम्मेदवारी नपरेपछि खाली रह्यो ।