
धादिङ । त्रिपुरासुन्दरी गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ मा रानीपौवा माध्यमिक विद्यालयले लगातार दोस्रो पटक उपाधि जित्न सफल भएको छ।
- गत वर्ष पनि रानीपौवा मावि नै प्रथम भएको थियो।
- २०८० मा सल्यानटार माविले जित्दा २०७९मा रानीपौवाले नै जितेको थियो ।
यस वर्ष रानीपौवा माविले ७ स्वर्ण, ४ रजत र ३ कास्य गरी कुल १४ पदक प्राप्त गर्दै शीर्ष स्थान हासिल गरेको हो। त्यसैगरी महेन्द्रोदय माध्यमिक विद्यालय, पोखराले ४ स्वर्ण, ३ रजत र ४ कास्यसहित कुल ११ पदक जित्दै द्वितीय स्थानमा चित्त बुझाएको छ।
रानीपौवा माविको पदक तालिका
स्वर्ण पदक विजेता :
- राजेन्द्र कुमाल : ८०० मिटर दौड
- लक्ष्मी गिरी : ट्रिपल जम्प र हाई जम्प (२ स्वर्ण)
- रबिस दरै : १०० मिटर दौड
- अङ्कित कुमाल : २०० मिटर र ४०० मिटर दौड (२ स्वर्ण)
- सुमिना कुमाल : २०० मिटर दौड
रजत पदक विजेता :
- राजेन्द्र कुमाल : १५०० मिटर दौड
- कृष्ण गिरी : ज्याभलिन थ्रो
- नवीन कुमाल : ट्रिपल जम्प र ४०० मिटर दौड (२ रजत)
- पवित्रा दरै : ४०० मिटर दौड
कास्य पदक विजेता:
- प्रदीप कुमाल : सटपुट
- विकल्प कुमाल : हाई जम्प
- रबिस दरै : २०० मिटर दौड
प्रतियोगितामा त्रिपुरासुन्दरी माध्यमिक विद्यालयले ४ स्वर्ण, ३ रजत र ३ कास्य गरी कुल १० पदक जित्दै तृतीय स्थान हात पारेको छ।
अन्य विद्यालयहरूको प्रदर्शन अनुसार सुन्दरी माध्यमिक विद्यालयले ५, महेन्द्रोदय माध्यमिक विद्यालय मुलाबारीले ८, सल्यानकोट माध्यमिक विद्यालयले ५, सल्यानटार माध्यमिक विद्यालयले ८, कार्किगाउँ माध्यमिक विद्यालयले ५ तथा अचने माध्यमिक विद्यालयले ४ पदक जितेका छन्।
प्रतियोगितामा सहभागी विद्यालयहरूले कुल २३ स्वर्ण, २३ रजत र २४ कास्य गरी जम्मा ७० पदक जितेका छन्।
प्रतियोगिताका विजेता विद्यालय तथा खेलाडी विद्यार्थीहरुलाई पालिका प्रमुख राजु उप्रेती र उप प्रमुख देवराज धरेलले शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरेका थिए।

