त्रिपुरासुन्दरीकाे रनिङ शिल्ड सल्यानटार माविले जित्याे

Avatar photo
Dhadingpost
बुधबार, माघ ३, २०८०

दिलिप श्रेष्ठ
धादिङ ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियो‍गिताकाे उपाधी ५ स्वर्ण, २ रजत र १ कास्य पदक प्राप्त गरेर सल्यानटार मा.वि. प्रथम भएकाे छ ।

छात्रछात्रा गरी १५ खेलहरू सञ्चालन गरिएकाे यश प्रतियाेगितामा रानीपौवा मा.वि. ४ स्वर्ण ३ रजत र १ कास्य पदक सहित द्वितीय र २ स्वर्ण १ रजत र ४ कास्य पदक ल्याउँदै कार्की गाउँ मा.वि.ल तृतीय भएका छन् । यस प्रतियोगितामा छनौट भएका खेलाडीहरू त्रिपुरासुन्दरी गाउँपालिकाको प्रतिनिधित्व गर्दै धादिङ जिल्लास्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुनेछन् ।

विजेता खेलाडीहरूलाई गाउँपालिका अध्यक्ष राजु उप्रेती, गाउँपालिका उपाध्यक्ष देवराज धरेल, शिक्षा अधिकृत चम्पा भट्ट, गाउँपालिका प्रवक्ता कुश बहादुर सिटौला, स्रोत व्यक्ति (शिक्षा युवा तथा खेलकुद शाखा) नवराज पाठक, वडा नं-२ का वडा अध्यक्ष कृष्ण ब. खत्रीले मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

गत वर्ष यस रापालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १२ स्वर्ण सहित रानीपौवा माविले जितेको थियो भने ४ स्वर्ण सहित सन्यानटार मावि दोस्रोभएको थियो । गत वर्ष १ निजी र ११ सरकारी गरी १२ वटा माध्यामिक विद्यालय भाग लिएका थिए ।