त्रिपुरासुन्दरीको राष्ट्रपति रनिङ शिल्ड रानीपौवाले जित्यो

Avatar photo
Dhadingpost
मङ्लबार, माघ १५, २०८१

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियो‍गितामा ९ स्वर्ण ८ रजत र ६ काश्य पदक सहित रानीपौवा मावि प्रथम भएको छ । रानीपौवा गत वर्षको उपविजेता विद्यालय हो ।

प्रतियोगितामा ३ स्वर्ण ४ रजत र २ काश्य पदक सहित सुन्दरी मावि द्वितीय र ३ स्वर्ण ३ रजत र ४ काश्य पदक सहित कार्कीगाउँ मा.वि तृतीय हुन सफल भएका छन् ।

गत वर्ष पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड ५ स्वर्ण, २ रजत र १ कास्य सहित सल्यानटार माविले जितेको थियो ।

०७९ रनिङ शिल्ड आफ्नो साथमा राखेको रनिङ् शिल्ड रानीपौवाले ०८० मा गुमाएको थियो भने यो ०८१ मा आईपुग्दा फेरि आफ्नै साथमा राखेको छ ।